Wednesday 11th March 2026

भारतीय बक्स अफिसमा ‘पठान’ : दुई दिनमै १२७ करोड भारु


बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ ।

बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय करोड भारु कमाउन सक्यो । बक्स अफिस इण्डियाका अनुसार दोस्रो दिन फिल्मको कमाइमा उछाल आएको थियो । उक्त वेबसाइटले भनेको छ, ‘पहिलो दिनमा दुईपटक ५० करोडको नेट मार्क तोडेर ७० करोडको नजिक पुग्ने यसअघि कुनै फिल्म छैनन् ।’

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको प्रमुख भूमिका रहेको फिल्म पूर्णतः एक्सनप्रधान कथावस्तुमा आधारित छ । फिल्ममा सलमान खानको विशेष भूमिका छ । प्रदर्शनको तेस्रो दिन शुक्रबार फिल्मको हिन्दी संस्करणको कमाइ १५ करोड भारु हाराहारीमा हुने प्रक्षेपण गरिएको छ ।

सिद्धार्थ आनन्द निर्देशित फिल्मले भारतसहित विदेशमा समेत राम्रो कमाइ गरिरहेको जनाइएको छ । लगातार ठूला फिल्म समेत असफल भइरहेको बलिउडमा पठानको ऐतिहासिक कमाइले बलिउडलाई तत्काल राहत मिलेको अनुमान गरिएको छ । फिल्मले नेपालमा समेत सुरुवाती दुई दिनमा आक्रामक कमाइ गरेको छ ।

-अनलाइन खबरबाट

 

 


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...