Saturday 17th October 2026

कुवेतमा घरेलु कामदारको चौथो सूचीमा नेपाल-पहिलो भारत


तितोपाटी- कुवेत घरेलु कार्य सम्बन्धित सन्दर्भमा, २०२२ को पहिलो नौ महिनामा कुवेतमा घरेलु कामदारको संख्या झण्डै २० प्रतिशत अर्थात एक लाख १७ हजार ,६ सय ९० जनाले बढेको छ।

उक्त घरेलु कामदारको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्यमा लगभग ७ लाख ११ हजार ३ सय ४०पुगेको छ, जुन डिसेम्बर २०२१ को अन्त्यमा ५ लाख ९३ हजार ६ सय ४० थियो।

“राष्ट्रियताको आधारमा घरेलु कामदारहरूको सूचीमा”

सबैभन्दा धेरै घरेलु कामदारमध्य भारत शीर्षस्थान छ, गत सेप्टेम्बरको अन्त्यमा ३२३,८०० पुगेपछि भारतीय घरेलु कामदारको संख्या ४४,२०० पुरुषर महिला घरेलु कामदारले बढेको छ, जुन २०२१ को अन्त्यसम्ममा २,७९,५०० थियो।

दोश्रो फिलिपिन्स, तेश्रो श्रीलङ्का रहे संगै, नेपाली घरेलु कामदारमा डिसेम्बर २०२१ को अन्त्यमा ११ हजार ४ सय ५१ जनाको घरेलु कामदार रहेको संख्यामध्य ६ हजार ९९ जना पुरुष र महिलाकामदारले वृद्धि भई नेपालीको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्य सम्म कुल घरेलु कामदारकोसंख्या १७ हजार ५ सय ५० जना पुगे संगै घरेलु कामदारमा नेपाल चौथो स्थानमा रहेको छ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...