Saturday 31st October 2026

कुवेतमा घरेलु कामदारको चौथो सूचीमा नेपाल-पहिलो भारत


तितोपाटी- कुवेत घरेलु कार्य सम्बन्धित सन्दर्भमा, २०२२ को पहिलो नौ महिनामा कुवेतमा घरेलु कामदारको संख्या झण्डै २० प्रतिशत अर्थात एक लाख १७ हजार ,६ सय ९० जनाले बढेको छ।

उक्त घरेलु कामदारको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्यमा लगभग ७ लाख ११ हजार ३ सय ४०पुगेको छ, जुन डिसेम्बर २०२१ को अन्त्यमा ५ लाख ९३ हजार ६ सय ४० थियो।

“राष्ट्रियताको आधारमा घरेलु कामदारहरूको सूचीमा”

सबैभन्दा धेरै घरेलु कामदारमध्य भारत शीर्षस्थान छ, गत सेप्टेम्बरको अन्त्यमा ३२३,८०० पुगेपछि भारतीय घरेलु कामदारको संख्या ४४,२०० पुरुषर महिला घरेलु कामदारले बढेको छ, जुन २०२१ को अन्त्यसम्ममा २,७९,५०० थियो।

दोश्रो फिलिपिन्स, तेश्रो श्रीलङ्का रहे संगै, नेपाली घरेलु कामदारमा डिसेम्बर २०२१ को अन्त्यमा ११ हजार ४ सय ५१ जनाको घरेलु कामदार रहेको संख्यामध्य ६ हजार ९९ जना पुरुष र महिलाकामदारले वृद्धि भई नेपालीको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्य सम्म कुल घरेलु कामदारकोसंख्या १७ हजार ५ सय ५० जना पुगे संगै घरेलु कामदारमा नेपाल चौथो स्थानमा रहेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...