Saturday 20th April 2024

विदेश पलायनको प्रमुख कारण:युवाप्रतिको असुरक्षा हो


बसन्त थापा, कुवेत

तितोपाटी- जब देश असुरक्षित हुदै जान्छ देशका शासकले केवल आफ्नो फाइदाको नियम लाई प्राथमिकतामा राख्ने गरेका हुन्छन अनी त्यो देशमा सर्वसाधारण जनताले असुरक्षित महसूस गरेका हुन्छन।

देशकै लागी निरन्तर खेल खेलीरहेका सक्षम युवा खेलाडीहरु जब देश छोडेर विदेश हिडे यसरी थाहाहुन्छ सरकारले प्रतिभाको कदर कहाँ गर्यो भनेर।

सुनौलो भविष्यको लागी दैनिक हजारौ युवाहरु विदेश उढ्ने गरेका छन।प्राचीनकाल देखी स्वतन्त्र राष्ट्रनेपाल जब कुनै बाहिरी देश संगै दबावको आगमन हुने गर्छ आफ्नो हुकुम चलाउन थाल्छन , त्यस बाट नेपाल दासत्वको साङ्लोमा बाँधिएर बस्ने देखिन्छ।

नेपालको पृष्ठभूमिलाई हेर्दा हामी युवा असुरक्षा अवसरको अभावका कारण विदेश पलायनमा तिव्रहुँदै गएको स्पष्ट हुन्छ। लामो समययता देखी जनताले विभिन्न क्षेत्रहरुमा अध्ययन गरेर ज्ञान हासिलगरीरहेका छन हरेक पक्षमा आफूलाई योग्य बनाए तर युवाले अवसर पाए योग्यताअनुसारकाम

शिक्षितहरूले उचित अवसर नपाउँदा असुरक्षित महसुस गर्न थाले यो असुरक्षाको भावना हामीयुवाहरुमा बढ्दै गयो, जब सारा विश्वले थाहा पाएपछि नेपालमा युवाहरुको सही प्रयोग हुननसकेपछि विदेशी कम्पनीले नेपाली युवाहरुलाई अवसर दिन थाले यसका लागि कमजोर नीति, कमजोर कानुन सुशासन प्रशासनको कमजोर वातावरण यो सबै कारण नेपाल सरकार धेरैहदसम्म जिम्मेवार जसका कारण जनतामा असुरक्षाको भावना पैदा भएको छ। जसले गर्दा आफ्नो सुनौलो भविष्यको लागी प्रतिभाशाली युवाहरु बिश्वका विभिन्न देशहरुमा पलायन भइरहेका छन। देश रमिते भएर हेरीरहेको छ।

जब विदेशमा पैसा बढी आउन थाल्यो, नेपाली युवाहरू विदेशतर्फ आकर्षित हुन थाले। नेपाल विदेशका आर्थिक प्याकेजलाई तुलनात्मक रूपमा विश्लेषण गर्न थालेपछि त्यसमा विदेशी कम्पनीहरूसबै दृष्टिकोणबाट भारी पर्न थाले नेपाली प्रतिभाको विदेश पलायन हुन थाल्यो यो पलायन निरन्तरचलीरहेको चलीरहने छ। नेपाली प्रतिभाहरुले

विदेशमा धेरै कीर्तिमान स्थापित गरेका छन् ।यी सबैको बिचमा नेपालमा चलिरहेको सरकारहरूकोराजनीतिक दूरदर्शिताको अभाव ठूलाठूला घोटालाका कारण जनतामा पनि असुरक्षाको भावना पैदाभएको हो युवा मात्रै होईन हुने खानेहरु पनी देश भित्र बस्न चाहादैंनन उनीहरूले पनि विदेशी भूमिलाईआफ्नो घर कार्यस्थल बनाउन थालेको देखिन्छ।

यसो गर्नु पछाडिको कारण के हुन सक्छ? त्यसको विस्तृत व्याख्या गर्न सकिन्छ यसको समाधान पनी विस्तारमा छलफल गर्न सकिन्छ, तर त्यस अघि यो जान्न आवश्यक कि नेपाल छोड्ने अर्थात विदेश पलायन भएका हरुलाई कसरी घर फिरती गर्न सकिन्छ?

यो देशमा विभिन्न विधाबाट योग्यता हासिल गरेका युवाहरुको कदर गरिन्थ्यो भने असुरक्षाको नाम दिएर मुलुकबाट कुनै पनी सक्षम युवाहरु पलायन हुने थीएनन। तर अहिले यो क्रम झन निरन्तर बढिरहेको देखिएको त्यसो नेपाली हरु बिश्वको कुना कुनामा बसोबास गरीरहेका छन तर पछिल्लो समयमा भने अन्य देशको तुलनामा आफ्नो घर बनाउने देशको सूचीमा अष्ट्रेलिया, अमेरिकाको, नाम पहिलो नम्बरमा आउन्छ। यदी कसैलाई लाग्न सक्छ यसको कारण के ? यसकोकारण त्यहाँको राम्रो स्वास्थ्य, शिक्षा, नीतिका साथै चीन, भारत, हङकङ, दक्षिण कोरिया, सिङ्गापुर भियतनाम जस्ता उदयमान देशहरूसँग व्यापार गर्ने सहजता छोटो लगानीमा सफल व्यापारी बन्नसक्नु।

“यदि हामी खेलाडीहरुको कुरा गर्नेहो भने”

गत दुई वर्षमा नेपालबाट राष्ट्रीय खेल खेल्दै आएका डेढ़ दर्जन भन्दा बढ़ी खेलाडीहरु विदेश पलायन भएका छन।

भविष्यमा ठूलो संख्यामा खेलाडी कलाकार पलायन हुने आशंका गरिएको छ। यहाँ प्रश्न यो होइनकि विश्वभर बाट मानिषहरु पलायन भइरहेका छन।  मुख्य कुरा यो हो कि देशका होनहार युवाहरु किन पलायन भएका छन ? यस सन्दर्भमा विश्लेषण गर्ने हो भनेअसुरक्षाको भावनाका कारण मानिसहरु पलायन भएको प्रष्ट हुन्छ अर्कों कुरा पलायन चाहे सक्षम युवा होस वा असक्षम, असुरक्षाको चाहे त्यो कानूनसँग सम्बन्धित होस् वा अन्य प्रकारको, तर मूल प्रश्न यो पनी कि यो असुरक्षाको भावना हटाउन साच्चै नसकिने होत? पक्कै पनी होईन।

सरकारले चाहाने हो भनेअसुरक्षाको भावनालाई पूर्ण रूपमा हटाउन नसके कम्तीमा कम गर्न सक्छ होलानी युवाहरुलाई विदेश पलायन रोक्नको लागी यसका कारणहरूको गहिरो अध्ययन गरी समाधान खोज्नुपर्छ, जसले गर्दा दीर्घकालीन रूपमा नेपालको भविष्य उज्ज्वल समृद्ध हुनेछ यसलाई रोक्न नेपालले ठोस रणनीति बनाउनुपर्छ विकास रोजगारीका अवसरबीच सन्तुलन र मेलमिलाप हुनुपर्छ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले, प्रतिभाशाली युवाहरुको पलायन रोक्न केही केही ठूलो पहलको थलनी गरोस।यसका साथसाथै सरकारले देशको प्रतिभाले देशको लागी काम गरिरह्यो भने देशलाई सफलता तर्फ लिएर जानेछ भन्ने कुरा बुझ्न जरुरी छ।

अर्कों कुरा योग्यता हासिल गरेका युवाहरुको पलायन रोक्न के गर्नु पर्छ?

योग्यता प्रतिभा भएका युवाहरुको पलायन रोक्न सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्छ, किनभने देशबाट सिपमूलक युवाको पलायनले बेरोजगारी थपिनेछ।युवा पलायन लाई रोक्नेजिम्मेवार कारणहरूको बारेमा कुरा गर्दा, तीनवटा मुख्य कारणहरू देख्छु। यी तीन कारण हुन्अपराध, कानून व्यवस्था सरकारी कर नीति तीनवटैलाई राम्रो बनाइयो भने युवा पलायनको समस्यालाई धेरै हदसम्म रोक्न सकिन्छ मैले नेपालको मात्र कुरा गरेको होइन, विश्वभर जहाँ जहाँ अपराध बढ्छ कानून व्यवस्था बिग्रन्छ, त्यहाँ जनतामा असुरक्षाको भावना हुन्छ  जहाँ सम्म व्यवसायको सवाल , त्यसका लागि सरल कर नीति बनाउनुपर्छ व्यापारी वर्गलाई कुनै पनी गलत चंगुलमा फस्नबाट जोगाउनुपर्छ किनकी जब मानिस मनोवैज्ञानिक मानसिक रुपमा आफुलाई घाटामा परेको देख्छ, तब देशबाट बिदेश पलायन हुने तर्फ लाग्दछ। यसका लागि कानून व्यवस्था सुदृढ हुनुपर्छ, दीर्घकालीनतालाई ध्यानमा राखी कर नीति बनाउनुपर्छ अनिश्चितता अन्योलको वातावरण कुनै पनि हालतमा सृजना गर्नु हुँदैन।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...