Friday 2nd October 2026

पोखरा विमान दुर्घटनाः ६८ जनाको शव भेटियो


नेपालमा आइतबार बिहान यति एयरलाइन्सको विमान दुर्घटना हुँदा अहिलेसम्म ६८ जनाको शव भेटिएको छ । काठमाडौंबाट बिहान १०:३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको NTY 691, 9N-ANC विमान १०:५० मा दुर्घटना भएको थियो । जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए ।

माैसम सफा हुँदा पनि विमान दुर्घटनामा परेको छ भने विमान दुर्घटनाको कारण पत्ता लागेको छैन ।

पोखराको पुरानो विमानस्थल र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको बीचमा विमान दुर्घटना भएको हो । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेती नदीको खोँचमा जहाज खसेकोले खोज तथा उद्दारका लागि ७ सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिए पनि खोजीकार्यमा असहजता भएपछि क्रेनको सहायताले खोज्ने कार्य भइरहेको छ । विमान टुक्राटुक्रा भएको छ ।

नेपाल सरकारले विमान दुर्घटनामा परेर मृत्यु भएकाहरूको शोकमा भोली माघ २ गतेका लागि सार्वजनिक विदा दिएको छ भने विमान दुर्घटना बारे छानविन गर्न ५ सदस्यीय टोली गठन गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...