Saturday 10th October 2026

शिव कुमार रेग्मीका स्वस्थानी पूर्णिमा विशेष जुनेलीहरू


(१)
पुर्णिमा
आज
स्वस्थानी
साँझ।
(२)
मनको
कस्दै
वर्तमा
बस्दै।
(३)
आजको
दिन
स्वस्थानी
लिन।
(४)
आजको
साँझ
पुजाको
माझ।
(५)
स्वास्थानी
ज्ञान
बढ्दछ
मान।
(६)
प्राचीन
कथा
शिवको
गाथा।
(७)
स्वस्थानी
ज्योति
उज्यालो
मोती।
(८)
प्राचीन
साथ
देवको
हात।
(९)
पार्वती
माता
जगत
दाता।
(१०)
अगाडि
सर्छु
प्रणाम
गर्छु।
(११)
खरानी
घसी
छालाको
कसी।
(१२)
नागको
माला
ढाकेर
गला।
(१३)
देवको
देव
रचेर
वेद।
(१४)
मिलाई
हात
विष्णुको
साथ।
(१५)
संसार
देख्छन्
भविष्य
लेख्छन्।
(१६)
चलाए
विश्व
बनाई
शिष्य।
(१७)
संसार
मान्ने
विश्वले
गन्ने।
(१८)
अगाडि
बढ्दै
स्वस्थानी
पढ्दै।
(१९)
वर्तमा
बस्दै
जुनेली
कस्दै।
(२०)
राखेर
आस
लेख्दछु
खास।
(२१)
राख्नुछ
गर्व
प्राचीन
पर्व।
शिव कुमार रेग्मी
अध्यक्ष
जु.सा.स.नेपाल


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही…

प्रतिकृयाहरू
...