Friday 23rd October 2026

कल्पना राईकाे शब पठाउन युके र कुवेतका संघसंस्थाबाट आर्थिक सङ्कलन (नामावली सहित)


हरि बानियाँ, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएकी खोटाङ ऐसेलुखर्क-५ फुर्सेकी कल्पना राईले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरेकी थिईन। घरेलु कामदार (राहदानी नम्बर १०६८४८०५)को रुपमा कुवेत आएकी कल्पना इलिगल (अवैधानिक) भएकी थिईन।

अवैधानिक भएर काम गर्दै आएकी कल्पनाकाे मृत्यु भएपछि शव नेपाल पठाउन केही ढिलाई भएपनि कानूनी प्रक्रिया पुरा गरेर नेपाल पठाउनुपर्ने भएको कारणले गर्दा फेरि नै केही समय लागेको बताइएको छ।

देशमा रोजगारीको अवसर नहुँदा दैनिक युवा/ युवती रोजगारीका लागि विश्वका विभिन्न देशमा गइरहेको छन्। रोजगारीका लागि विदेश पलायन भएका युवाले पनि सोचे अनुरुप सेवा सुविधा पाउन सकेका छैनन।

रोजगारीमा जाने तयारी गरेदेखि विदेशमा पुगेपछि पनि युवा ठगिने क्रम बढ्दो छ। रोजगारीका लागि विदेश जाने तयारी गर्दै गर्दा युवा-युवती केही मात्रै सचेत भएको अवस्थामा पनि ठगीबाट जोगिन सकिन्छ।

अहिले गाउँ-गाउँमा रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै प्रलोभनमा पार्ने दलालको बिगबिगी छ। वैदेशिक रोजगारमा आउदा जहिले पनि वैधानिक रुपमा आउने र बैधानिक रुपमा काम गर्दा कुनैपनि कामदारलाई समस्या वा कामदारको मृत्यु भएमा वैदेशिक रोजगार विभाग तथा विदेशस्थित नेपाली दूतावासले सहयोग गर्ने गरेका छन।

यदि अवैधानिक व्यक्तिको मृत्यु भएमा कानुनी प्रकृयाको जटिलता आर्थिक अभावकै कारणले शब नेपाल पठाउन समस्या हुने गरेको छ। अवैधानिक भएर काम गर्नुहुँदैन। एउटा उदाहरण कल्पना राईकाे शब नेपाल पठाउन लगभग एक महिना जति नै लाग्ने भयो। कानुनी जटिलता आर्थिक अभावको कारणले गर्दा नै ढिलो भएको हो। त्यस कारण पनि सकेसम्म अवैधानिक हुने कोसिस नगरौँ।

कल्पना राईको शव नेपाल पठाउन संकलन गरेको रकमको विवरण यसप्रकार छ:-

१) किरात राई यायोक्खा कुवेत – १५० केडि
२) नेपाली साँस्कृतिक समाज युके – १३० केडि
३) ट्याक्सी व्यवसायी संघ कुवेत – ५१ केडि
४) सुनुवार सेवा समाज कुवेत – ५०.७५० केडि
५) तमु सेवा समाज कुवेत – ३५ के डि
६) किरात याक्थुङ चुम्लुङ कुवेत – ५१ केडि
७) एनआरएनए कुवेत – ५० केडि
८) हिमाली संसार अनलाइन मिडिया – १० केडि

जम्मा उठेको ५२७ दिनार ७५० फिल्स रकमबाट कल्पना राईकाे शब नेपाल पठाउन लाग्ने खर्च ३८५ केडि नेपाली दुतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवाललाई हस्तान्तरण गरिएको छ भने, बाकी रहेको १४२ दिनार ७५० फिल्स रकम मृतकको काजक्रियाको लागि उनको परिवारलाइ नेपाल पठाउने किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राइले जानकारी दिए। उक्त सहयोग रकम जुटाउन किरात राई यायोक्खा कुवेतकाे अग्रसरतामा स्वैच्छिक रूपमा अर्थ सङ्कलन गरिएकाे थियाे।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...