Saturday 17th October 2026

मगर संघ कुवेतको चाैथो अधिवेशन तथा माघे सकराती चाड अागामी १३ जनवरी २०२३ मा मनाइने


मगर संघ कुवेतको चौंथो अधिवेशन तथा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम अागामी १३ जनवरी २०२३ शुक्रबारका दिन सम्पन्न गरिने भएको छ । मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा कार्यक्रम आयोजना गर्न लागिएको मगर संघ कुवेतका महासचिब जय आले मगरले जानकारी दिएका छन।

“ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र” भन्ने मुल नाराका साथ सन २०१२ मा गठन भएको मगर संघ कुवेतले जातीय संस्था भएर पनि एक सकृय संस्थाको रूपमा रहेर प्रवासी नेपालीहरूको सामाजिक र मानविय हितका कार्यमा कृयाशिल रहदै अाएको छ भने मगर संघ कुवेतले हरेक वर्ष कुवेतनगरीमा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती पर्व मनाउदै आईरहेको छ।

कुवेतको नेपाली समाजमा हुने हरेक गतिविधिमा कुवेतमा कृयाशिल विभिन्न नेपाली संघ-सस्थाहरुसंग हातेमालो र सहकार्य गर्दै अाएको मगर संघले प्रवासको अलावा मातृभूमि नेपालमा समेत विभिन्न किसिमले पीडित भइ सहयोग अावश्यक परेका व्यक्ति विशेष तथा समुदायमा सहयोग गर्दै अाएको छ भने मुलुकले ब्यहोर्दै अाएका विभिन्न प्राकृतिक तथा दैवीप्रकोप जस्ता विपदको समयमा प्रवासबाट सहयोग पनि गर्दै अाएको छ ।

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई आफ्नो चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व एवं नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रममा उपस्थितिको लागि मगर संघ कुवेतले अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...