Monday 26th January 2026

मगर संघ कुवेतको चाैथो अधिवेशन तथा माघे सकराती चाड अागामी १३ जनवरी २०२३ मा मनाइने


मगर संघ कुवेतको चौंथो अधिवेशन तथा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम अागामी १३ जनवरी २०२३ शुक्रबारका दिन सम्पन्न गरिने भएको छ । मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा कार्यक्रम आयोजना गर्न लागिएको मगर संघ कुवेतका महासचिब जय आले मगरले जानकारी दिएका छन।

“ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र” भन्ने मुल नाराका साथ सन २०१२ मा गठन भएको मगर संघ कुवेतले जातीय संस्था भएर पनि एक सकृय संस्थाको रूपमा रहेर प्रवासी नेपालीहरूको सामाजिक र मानविय हितका कार्यमा कृयाशिल रहदै अाएको छ भने मगर संघ कुवेतले हरेक वर्ष कुवेतनगरीमा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती पर्व मनाउदै आईरहेको छ।

कुवेतको नेपाली समाजमा हुने हरेक गतिविधिमा कुवेतमा कृयाशिल विभिन्न नेपाली संघ-सस्थाहरुसंग हातेमालो र सहकार्य गर्दै अाएको मगर संघले प्रवासको अलावा मातृभूमि नेपालमा समेत विभिन्न किसिमले पीडित भइ सहयोग अावश्यक परेका व्यक्ति विशेष तथा समुदायमा सहयोग गर्दै अाएको छ भने मुलुकले ब्यहोर्दै अाएका विभिन्न प्राकृतिक तथा दैवीप्रकोप जस्ता विपदको समयमा प्रवासबाट सहयोग पनि गर्दै अाएको छ ।

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई आफ्नो चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व एवं नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रममा उपस्थितिको लागि मगर संघ कुवेतले अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

प्रतिकृयाहरू
...