Monday 12th January 2026

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याइ सांगीतिक धमाका गर्ने


तीतोपाटी – नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याइ सांगीतिक धमाका गर्ने भएको छ । संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो ।

“नेपालीहरुको सेवामा समर्पित” भन्ने मुलनारा का साथ गठन भइ कृयासिल रहेको यस संस्था “नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत” ले छैटाैं बार्षिक उत्सव तथा साङ्गितिक धमाका नेपालबाट अतिथी कलाकार सहित मनाउने निर्णय गरेको जानकारी कार्यक्रम संयोजक मनिष के.सी ले जानकारी गराएका हुन् ।

नेपालबाट ल्याइने कलाकार तथा कार्यक्रम स्थलको बारेका छिट्टै नै सार्वजनिक सूचना तथा समाचारमार्फत जानकारी गराइने भन्दै कुवेतमा रहेका अन्य संघ संस्थालाइ उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले विनम्र अनुरोध पनि गरेको छ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...