Friday 3rd July 2026

यूएईविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला नेपालले जित्यो, अन्तिम खेलमा ज्ञानेन्द्र र आसिफको उत्कृस्ट प्रदर्शन


काठमाडौं । ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको सतकीय साझेदारीमा युनाईटेड अरब ईमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमले तीन खेलको एकदिवसीय श्रृङखला २–१ ले जितेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ८० रन बनाउन सफल भयो ।

शुक्रवार सम्पन्न श्रृङखलाको निर्णायक खेलमा नेपालका आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । आसिफले अविजित ८८ रनको इनिङ खेले ।उनले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग १ सय २२ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र ३४ रन बनाएर आउट भएका थिए । यस्तै, कप्तान रोहित पौडेलले १० र अर्जुन साउदले ९ रन बनाए ।

यूएईको बलिङमा हजरत बिलाल आर्यान अफ्जल खान यसअघि, ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा १ सय ७६ रनको योगफल तयार गरेको थियो । तीन ओभरको समाप्तिमै महत्त्वपूर्ण तीन विकेट गुमाएको यूएईका लागि कुलश भुर्तेलको बलमा बोल्ड आउट हुनु अघि अलिसन शरार्फुले ३३ रन बनाएका थिए । यस्तै, रोहन मुस्तफाले २४ रन र ओपनर मोहमद वासिमले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्थामा तल्लो क्रमका ब्याटर हजरत बिलाल र आर्यानले युएईको इनिङ सम्हालेका थिए ।

३१.१ ओभरमा यूएई ९३-९ को अवस्थामा थियो । त्यसपछि क्रिजमा आएका आर्यानले हजरतसँग ८३ रनको साझेदारी गर्दै यूएईको इनिङ उकासेका थिए । उनले अविजित ५४ रनको महत्त्वपूर्ण इनिङ खेले । हजरतले २० रन जोडे ।

नेपालको बलिङमा गुलसन झा र दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई÷दुई विकेट लिए भने, सोमपाल कामी, ललित राजवंशी रे समान एक विकेट लिए ।तीन खेलको श्रृङखलामा पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईलाई तीन विकेटले हराउँदै श्रृङखला बराबरी गरेको थियो ।

तस्बिर:-सामाजिक संजालबाट


सम्बन्धित शीर्षकहरु

रूसले युक्रेनमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्नका लागि लडाकु विमान र हवाई…

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा दर्ता हुनु नेपालको युवा शक्ति, राष्ट्रिय अनुशासन र आपतकालीन तयारी क्षमतालाई संस्थागत गर्ने दिशामा एउटा…

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

प्रतिकृयाहरू
...