Wednesday 10th December 2025

यूएईविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला नेपालले जित्यो, अन्तिम खेलमा ज्ञानेन्द्र र आसिफको उत्कृस्ट प्रदर्शन


काठमाडौं । ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको सतकीय साझेदारीमा युनाईटेड अरब ईमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमले तीन खेलको एकदिवसीय श्रृङखला २–१ ले जितेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ८० रन बनाउन सफल भयो ।

शुक्रवार सम्पन्न श्रृङखलाको निर्णायक खेलमा नेपालका आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । आसिफले अविजित ८८ रनको इनिङ खेले ।उनले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग १ सय २२ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र ३४ रन बनाएर आउट भएका थिए । यस्तै, कप्तान रोहित पौडेलले १० र अर्जुन साउदले ९ रन बनाए ।

यूएईको बलिङमा हजरत बिलाल आर्यान अफ्जल खान यसअघि, ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा १ सय ७६ रनको योगफल तयार गरेको थियो । तीन ओभरको समाप्तिमै महत्त्वपूर्ण तीन विकेट गुमाएको यूएईका लागि कुलश भुर्तेलको बलमा बोल्ड आउट हुनु अघि अलिसन शरार्फुले ३३ रन बनाएका थिए । यस्तै, रोहन मुस्तफाले २४ रन र ओपनर मोहमद वासिमले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्थामा तल्लो क्रमका ब्याटर हजरत बिलाल र आर्यानले युएईको इनिङ सम्हालेका थिए ।

३१.१ ओभरमा यूएई ९३-९ को अवस्थामा थियो । त्यसपछि क्रिजमा आएका आर्यानले हजरतसँग ८३ रनको साझेदारी गर्दै यूएईको इनिङ उकासेका थिए । उनले अविजित ५४ रनको महत्त्वपूर्ण इनिङ खेले । हजरतले २० रन जोडे ।

नेपालको बलिङमा गुलसन झा र दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई÷दुई विकेट लिए भने, सोमपाल कामी, ललित राजवंशी रे समान एक विकेट लिए ।तीन खेलको श्रृङखलामा पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईलाई तीन विकेटले हराउँदै श्रृङखला बराबरी गरेको थियो ।

तस्बिर:-सामाजिक संजालबाट


सम्बन्धित शीर्षकहरु

हबल अन्तरिक्ष दूरबीनले (Hubble Space Telescope) हाम्रो सौर्यमण्डलमा देखिएको तेस्रो अन्तरतारकीय आगन्तुक ‘3I/ATLAS’ को नयाँ तस्बिर खिचेको छ।यो वस्तु हाम्रो…

गाजामा समन्वयका लागि नयाँ बनाइएको बेसमा रहेका अमेरिकी सैनिक र उनका सहयोगीहरूलाई इजरायली कर्मचारीहरूले लगातार निगरानी गरेको पाइएको छ। यसले…

इरानको अदालतले मंगलबार घोषणा गर्‍यो कि आफ्नै पतिको हत्या गरेको आरोपमा मृत्युदण्ड पाउन लागेको एक महिलालाई अब फाँसी दिइने छैन।…

प्रतिकृयाहरू
...