Sunday 4th October 2026

महिलालाई ब्ल्याकमेल गर्ने कुवेती पुरुषलाई २ वर्ष जेल, जरिवाना


कुवेत सिटी, पुनरावेदन अदालतले एक नागरिकलाई आफ्नै देशबासी महिलालाई धम्की दिएर ब्ल्याकमेल गरेको अभियोगमा दुई वर्ष कैद र ५ हजार जरिवाना तोकेको पहिलो उदाहरण अदालतको फैसलालाई सदर गरिदिएको छ अल अन्बा दैनिकको रिपोर्टमा उल्लेख छ । केस फाइलहरूलाई प्रमाणहरूद्वारा पुष्टि गरेपछि अभियुक्तलाई पुर्पक्षका लागि रेफर गरिएको थियो । उनले पीडितको आईक्लाउड इमेल ह्याक गरी उनको तस्बिर र भिडियो क्लिपहरू चोरेको स्वीकार गरेको जनाईएको छ । जुन पीडितले उनलाई गहना, बहुमूल्य घडी र प्म्द्दण्,ण्ण्ण् नदिएमा उसले ती तस्बिर र भिडियोहरू सार्वजनिक गरिदिने धम्कि दिएको थियो ।

पीडितले आफूले सामाजिक सञ्जालमार्फत आरोपितलाई चिनेको र त्यसपछि आफन्तमार्फत उनको विश्वास जित्न प्रस्ताव गरेको बताइन् । उनको तस्बिर र भिडियो क्लिपहरू प्राप्त गरेपछि, उसले आफ्नो असली अनुहार देखाएको ती महिलाको भनाई छ । यदि उनले गहना र पैसा दिएको खण्डमा उनलाई ब्ल्याकमेल गर्न बन्द गर्ने भनिएको रहेछ,। नदिएको खण्डमा ती महिलाको परिवारलाई खबर गरिदिने भन्दै धम्काएको समाचारमा उल्लेख छ ।

पीडितका वकिल, अधिवक्ता अला अल सैदीले सार्वजनिक अभियोजन पक्षमा उजुरी पेश गरे जहाँ उनले प्रमाणित गरे कि आरोपितले गैरकानूनी रूपमा उनको ग्राहकको फोनमा पहुँच पुरयाएको र जबरजस्ती धम्की दिएर गहना र पैसा जफत गर्ने काम गरेको प्रमाणहरु उजागर गरिदिएका थिए । कसैलाई पनि अरुको अधिकार हनन गर्ने र उसको व्याक्तिगत प्रतिष्ठा वा गोपनियता माथि धावा बोल्ने अधिकार नरहेकोमा पिडितका वकिलले जोड दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...