Sunday 19th May 2024

अविरल वर्षा पछिको बाढी पहिरोमा परि कर्णालीमा मात्रै १७ जनाको मृत्यु


मनसुन सकिने समयमा नेपालभर अविरल वर्षा हुँदा धेरै धनजनको क्षति भएको छ । वर्षाको कारण झरेको पहिरोको कारण कर्णाली प्रदेशमा मात्रै १७ जनाको मृत्यु भएको छ भने २० भन्दा बढि बेपत्ता भएका छन्, दर्जनाै घाइते भएका छन् ।

कर्णालीको मुगुमा आठ, हुम्लामा पाँच र कालीकोटमा चार गरी १७ को मृत्यु भएको छ ।

मुगुको छायानाथ–रारा नगरपालिका– ११ स्थित तल्लो सालिम गाउँमा पहिरोमा घर पुरिँदा दुई परिवारका आठजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा ८२ वर्षीया गौरीकला बोहरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय वीरबहादुर भग्री, १५ वर्षीय चक्रवीर बोहरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हजारी भग्रीको मृत्यु भएको हो ।

त्यसै गरि हुम्लाको चंखेली गाउँपालिका– ६ मेल्छाममा घर भत्किँदा एकै घरका चारजनाको मृत्यु भएको छ भने ताँजाकोट गाउँपालिका– ४ मा बाटोमाथिबाट खसेको ढुंगा लागेर एकको ज्यान भएको छ ।

त्यस्तै कालीकोटको पचालझरना गाउँपालिका– ७ का पुरिलाल बोहराको च्यापिएर मृत्यु भएको हो । त्यस्तै, तिलागुफा नगरपालिका– ७ बालीगाउँमा घर भत्किँदा दाजुभाइ १५ वर्षीय भरत विष्ट र १३ वर्षीय कृपेश विष्टको मृत्यु भएको छ । सोही घटनामा उनीहरूकी आमा ममता विष्ट र बहिनी ज्यानी विष्ट बेपत्ता भएका छन् । तिलागुफाकै वडा नम्बर ६ भैसैगोडास्थित जोरासिंह शाहीको घर पहिरोले पुरिँदा उनकी ८० वर्षीया आमा लालका शाही बेपत्ता भएको प्रहरीले जनाएको छ । कालीकोटमै मलामी गएका १३ जना पनि पहिरोमा परि बेपत्ता भएका छन् ।

नेपालीहरूको महान चाड दसैंमा लगातार पाँच दिनसम्म वर्षा हुँदा पहाडि भेगमा पहिरो खस्नुका साथै समथर भुभागमा बाढी र डुबानका कारण हजारो नागरिकलाइ विस्थापित गराएको छ भने भित्र्याउने समयको हजाराैं विगाहको धानबाली नष्ट भएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...