Sunday 11th October 2026

अविरल वर्षा पछिको बाढी पहिरोमा परि कर्णालीमा मात्रै १७ जनाको मृत्यु


मनसुन सकिने समयमा नेपालभर अविरल वर्षा हुँदा धेरै धनजनको क्षति भएको छ । वर्षाको कारण झरेको पहिरोको कारण कर्णाली प्रदेशमा मात्रै १७ जनाको मृत्यु भएको छ भने २० भन्दा बढि बेपत्ता भएका छन्, दर्जनाै घाइते भएका छन् ।

कर्णालीको मुगुमा आठ, हुम्लामा पाँच र कालीकोटमा चार गरी १७ को मृत्यु भएको छ ।

मुगुको छायानाथ–रारा नगरपालिका– ११ स्थित तल्लो सालिम गाउँमा पहिरोमा घर पुरिँदा दुई परिवारका आठजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा ८२ वर्षीया गौरीकला बोहरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय वीरबहादुर भग्री, १५ वर्षीय चक्रवीर बोहरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हजारी भग्रीको मृत्यु भएको हो ।

त्यसै गरि हुम्लाको चंखेली गाउँपालिका– ६ मेल्छाममा घर भत्किँदा एकै घरका चारजनाको मृत्यु भएको छ भने ताँजाकोट गाउँपालिका– ४ मा बाटोमाथिबाट खसेको ढुंगा लागेर एकको ज्यान भएको छ ।

त्यस्तै कालीकोटको पचालझरना गाउँपालिका– ७ का पुरिलाल बोहराको च्यापिएर मृत्यु भएको हो । त्यस्तै, तिलागुफा नगरपालिका– ७ बालीगाउँमा घर भत्किँदा दाजुभाइ १५ वर्षीय भरत विष्ट र १३ वर्षीय कृपेश विष्टको मृत्यु भएको छ । सोही घटनामा उनीहरूकी आमा ममता विष्ट र बहिनी ज्यानी विष्ट बेपत्ता भएका छन् । तिलागुफाकै वडा नम्बर ६ भैसैगोडास्थित जोरासिंह शाहीको घर पहिरोले पुरिँदा उनकी ८० वर्षीया आमा लालका शाही बेपत्ता भएको प्रहरीले जनाएको छ । कालीकोटमै मलामी गएका १३ जना पनि पहिरोमा परि बेपत्ता भएका छन् ।

नेपालीहरूको महान चाड दसैंमा लगातार पाँच दिनसम्म वर्षा हुँदा पहाडि भेगमा पहिरो खस्नुका साथै समथर भुभागमा बाढी र डुबानका कारण हजारो नागरिकलाइ विस्थापित गराएको छ भने भित्र्याउने समयको हजाराैं विगाहको धानबाली नष्ट भएको छ ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...