Saturday 26th September 2026

स्वर्गीय पत्रकार माधव शाहीकाे सम्झनामा श्रद्धाञ्जली सभा


तितोपाटी – नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा स्वर्गीय पत्रकार माधव शाहीको प्रथम बार्षिक  पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना  गरिएको  छ । कुवेतमा कर्मथलो बनाएर काम गर्दै आएका एनआरएनए कुवेतका उपाध्यक्ष समेत रहेका शाहीको गत वर्ष निधन  भएको थियो।

रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत साथै नेपाली समाजका एक अभियान्ता पत्रकार शाहीको गत साल हृदयघातको कारण मृत्यु भएको थियो। उनको आत्माको चिर शान्तिको कामना गर्दै नेपाली जनसंपर्क समिति कुवेतले हिजो  श्रद्धाञ्जली  सभा कार्यक्रमको आयोजना गरेकाे हो।

समितिको सभापति राजेन्द्र बिराहीको सभापतित्वमा प्रमुख अतिथि नेपाली दुताबास कुवेतका राजदुत दुर्गाप्रसाद भण्डारीकाे प्रमुख आथित्यमा रहेको थियो भने बिशेष अतिथिमा एनआरएनए एनसीसी कुवेतका आईसीसी सदस्य हरि लावती, नेपाल पत्रकार माहासंघ शाखा कुवेतका उपाध्यक्ष राज मल्ल तथा कुवेतमा क्रियाशील संघ-संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

श्रद्धाञ्जली सभाको कार्यक्रम सञ्चालन नेपाली जनसंपर्क समिति कुवेतका महामन्त्री केशर घलान तामाङले गरेका थिए भने, श्रद्धाञ्जलि सभामा उपस्थित सबै महानुभावहरुलाई स्वागत मन्तव्य स्वयं केशर घलान तामाङले दिएका थिए। श्रद्धाञ्जली सभा, राष्ट्रिय गानबाट शुरुवात गरि स्वर्गीय पत्रकार माधव शाहीको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो। श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा स्वर्गीय पत्रकार शाहीको दाजू इरन्दर शाहीले शोकसभामा भावुक हुँदै स्वर्गीय माधव शाहीकाे बारेमा बिस्तृत चर्चा गरेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...