Friday 19th June 2026

“मुजैनी कप“ अन्तर-नेपाली भलिबल प्रतियोगितको ट्रफी आयोजक कल्याणकारीको पोल्टामा


तीतोपाटी – कल्याणकारी नेपाली युवा समाज कुवेतको पाँचौं वार्षिक उत्सवको अवसर पारेर यहि २३ सेप्टेम्बर २०२२ शुक्रबारका दिन कुवेतको अबुहलिफा स्थित अल साहिल स्पोर्टस क्लबको कभर्ड हलमा आयोजना गरिएको अन्तर-नेपाली भलिबल प्रतियोगिताको ट्रफी आयोजक कल्याणकारी टिमले नै चुमेको छ । अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजन रहेको “मुजैनी कप” प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी समाज भलिबल टिमलाइ कडा प्रतिस्पर्धामा पराजित गर्दै कल्याणकारी भलिबल टिमले प्रथम स्थान हासिल गरेको हो । त्यसै गरि तृतीय स्थानको लागि भएको खेलमा नमस्ते नेपाल भलिबल टिमले लाफा भलिबल टिमलाइ पराजित गरेको थियो भने प्रतियोगिता जम्मा ९ भलिबल टिमले सहभागिता जनाएका थिए ।

भलिबल प्रतियोगिता नेपाली राजदूतावास कुवेतका श्रम सहचारी हेम अधिकारीको प्रमुख आतिथ्यता, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा एवं प्रायोजकको विशेष आतिथ्यता एवं कुवेतस्थित संघ संस्थाका पदाधिकारी प्रतिनीधि, पत्रकार, खेलाडी, कलाकार एवं ख्रेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थितिमा विजेता तथा उपविजेता टिमहरूलाइ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्दै सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने टिमहरूलाइ क्रमशः नगद पुरस्कार १५१ केडि, १०१ केडि तथा ५१ केडिको साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने प्रतियोगिताको उत्कृष्ट टिमको रूपमा लाफा भलिबल टिमलाइ, उत्कृष्ट खेलाडी राज कुमार, उत्कृष्ट स्पाइकर प्रकाश राउत, उत्कृष्ट ब्लकर नबिन भट्टराइ र उत्कृष्ट लिफ्टर प्रेम आलेलाइ ट्रफी प्रदान गरिएको थियो ।

कल्याणकारीले संस्थालाइ विभिन्न किसिमले सहयोग गरेको तथा कुवेतको नेपाली समाजमा योगदान पुर्याएको आधारमा नेपाली राजदूतावास, एनआरएनए कुवेत, प्रायोजक अल मुजैनी एक्सचेन्ज लगायतका संघ संस्था तथा व्यक्ति व्यक्तित्वहरूलाइ मायाको चिनो दिएर सम्मान गरेको थियो भने भलिबल खेलको विकासमा योगदान दिएका भेटेरन खेलाडीहरूलाइ सम्मान गर्नुका साथै कुवेत स्थित सबै मिडिया हाउसहरूलाइ प्रमाण-पत्रका सम्मान गरेको थियो । प्रतियोगिताको समापनको अवसरमा प्रायोजक अल मुजैनी एक्सचेन्जले खेलाडी, पत्रकार, कलाकार, दर्शकहरू समेत गरि ५० भन्दा बढि व्यक्ति व्यक्तित्वहरूलाइ मायाको चिनो समेत प्रदान गरेको थियो ।

स्मरण रहोस, सामाजिक र मानविय सेवाका कार्यहरूका साथमा खेलकुद गतिविधिहरू गरि कुवेतको नेपाली समाजमा एउटा छुट्टै पहिचान बनाउन सफल कल्याणकारी नेपाली युवा समाज कुवेतले यस अघि पनि अल मुजैनी एक्सचेन्जसँगको सहकार्यमा भलिबल प्रतियोगिता गराएको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...