Friday 26th April 2024

कुवेतमा आठौं संबिधान दिवस विविध कार्यक्रम गरि मनाईयो (फोटो फिचर सहित)


तितोपाटी– कुवेतस्थित नेपाली राजदूतावासले आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको छ। गत सोमबार राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरि शुभकामना आदन-प्रदान गरिएको नेपाली राजदूतावास कुवेतले फेरी  मंगलबार साँझ  विभिन्न देशका कुटनीतिक नियोगका प्रमुखहरूको आतिथ्यतामा कुवेतको फरवानिया स्थित होलिडे इन क्राउन प्लाजा होटलमा एक रिसेप्शन कार्यक्रमको आयोजना गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो। साथै कुवेत र नेपालको दुई देश  बिचको द्विपक्षीय सम्बन्धका ५० औ बर्ष पुगेको  अवसरमा यो साल नेपाली दुतावास कुवेतले बिभिन्न कार्यक्रम गर्दै आएको छ । सोमबार बेलुकी कुवेत सिटी स्थित  सार्क टावरमा नेपाल र कुवेतको झण्डा समेत फ्लास समेत गरेको थियो  ।May be an image of monument and outdoors

नेपाली दूतावास परिवार कुवेतले आमन्त्रित अतिथिहरूलाई स्वागत गरेको उक्त कार्यक्रममा १ सय भन्दा बढी विदेशी कुटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति रहेको थियो भने नेपाली समुदायका भने सिमित ब्याक्तिहरुको उपस्थिति रहेको थियो ।

May be an image of 1 person

नेपाली राजदूत महामहिम दुर्गाप्रसाद भण्डारी र धर्मपत्नी श्रीमती विन्ध्या भण्डारीले नेपालको आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७९ को उपलक्ष्यमा मंगलबार साझ  कुवेतको होटल क्राउन प्लाजामा एक स्वागत समारोहको आयोजना गरेका हुन् । कार्यक्रममा कुवेत सरकार परराष्ट्र मन्त्रालयका आर्थिक मामिला सहायक विदेशमन्त्री महामहिम सामी अब्दुलअजीज अल हमाद अतिथिको रुपमा उपस्थित थियो। उक्त  कार्यक्रममा कुवेत र नेपालका राष्ट्रियगान बजाएर कार्यक्रम शुरू गरिएको थियो भने दूतावासकी द्वित्तिय सचिव जानकी ओझाले सहजीकरण गरेको  उक्त कार्यक्रममा नेपाली कलाकारहरूले नेपाली कला संस्कृति झल्कने गीतहरूसंगै मौलिक नृत्य प्रस्तु गरेका थिए ।

नेपाल र कुवेत दुवै देशका राष्ट्रिय गान बजाई शुभारम्भ भएको कार्यक्रमका प्रमुख अतिथि, महामहिम राजदूत र धर्मपत्नी भण्डारीद्वारा संयुक्त रुपमा कार्यक्रम उद्धाटन गरिएको थियो । कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै महामहिम राजदूतले नेपालको संविधान, यसका विशेषता, नेपालको राष्ट्रिय दिवस लगायतका विषयमा प्रकाश पारेका थिए । राजदूतले आफ्नो कार्यक्षेत्रमा उपस्थित नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थिए।May be an image of 3 people and people standing

नयाँ संविधानको घोषणासँगै नेपालबाट एकात्मक एवं केन्द्रीकृत शासन व्यवस्था समाप्त भई देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा शुरु भएको कुरा बताए। महामहिम राजदूतले संविधान कार्यान्वयनमा भएका काम कारवाही, नेपालको आर्थिक विकासको लक्ष्य, वैदेशिक व्यापार, लगानी, पर्यटन प्रवर्द्धन लगायतका विषयमा नेपालले हाल लिएको नीति बारे उल्लेख गरे। उनले नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा रहेर गरेका कार्यहरू बारे पनि उल्लेख गरे । नेपाल-कुवेत बीच रही आएको द्विपक्षीय सुमधुर सम्बन्ध, कुवेतमा नेपालीहरूको उपस्थिति, उनीहरूको योगदानको चर्चा गर्दै नेपाल-कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको पचासौँ वार्षिकोत्सवको सन्दर्भमा भएका कार्यहरू बारेमा राजदुतले आफ्नो धराणा राखेका थिए।May be an image of 8 people and people standing

महामहिम राजदूतले दुई देशबीचको हवाई सेवामा भएको विस्तारले दुवै मुलुक लाभान्वित भएको प्रशंग उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विषयमा मात्र नभई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा सरोकार एवं आपसी हितका विषयमा नेपाल र कुवेतले सहकार्य गरिरहेको विचार व्यक्त गरे। कुवेतका महामहिम अमीर, युवराज र प्रधानमन्त्रीलाई उहाँहरूको खुसी तथा सुस्वास्थ्याको कामना गर्दै कुवेती जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरे।May be an image of 5 people and people standing

उक्त अवसरमा नेपालका प्राकृतिक एवं साँस्कृतिक सम्पदाका तस्विरहरू हलमा सजाउनुका अतिरिक्त संविधान दिवस तथा नेपालको राष्ट्रिय दिवसका सन्दर्भमा तयार पारिएको श्रव्य दृश्य सामग्री प्रस्तुत गरिएको थियो। नेपाली घरेलु उत्पादनका सामग्रीहरू लगायत अन्य नेपाली उत्पादनका वस्तुहरू, पर्यटन प्रवर्द्धनका लागि प्रवर्द्धनात्मक सामग्रीहरूको एक स्टल समेत राखिएको थियो। कार्यक्रमको अन्त्यमा आयोजित रात्रीभोजमा नेपाली खानाका परिकारहरू पनि समावेश गरिएका थिए।May be an image of 3 people and people standingMay be an image of 15 people, people sitting and people standing

May be an image of 2 people, people standing and indoorतस्बिर  -सुरेश गुरुङ May be an image of 6 people, people sitting, people standing and text that says 'IONS'


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...