Tuesday 15th July 2025

कुवेत टावरमा नेपालको झण्डा


नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्षिकोत्सवको सन्दर्भमा आज नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर समेत पारी नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको विध्युतीय प्रस्तुति गर्ने कार्य सम्पन्न भएको नेपाली राजदुतावास कुवेतले आफ्नो अफिसियल फेसबुक पेजमा उल्लेख गरेको छ ।

कुवेतको प्रसिद्ध कुवेत टावर (Iconic Tower)मा नेपालीको राष्ट्रिय झण्डाको यस प्रकारको प्रस्तुती पहिलो पटक हुन गएकोमा हामी सबैले खुशी र गौरवको अनुभूति गरेका छौं साथै नेपाल र कुवेत बीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जानेमा हामी विश्वस्त छौं दुतावासले भनेको छ ।

कुवेत टावर देशकै धरोहर हो र यहाँ राष्ट्रिय पर्वहरु हुने गर्दछन । नेपाली दुतावास स्थापनाका १२ बर्षमा पहिलो पटक नेपालको झण्डा उक्त टावरमा फरहाए पछि धेरै नेपालीहरु हेर्न र फोटो खिच्न त्यहाँ पुगेका थिए ।

फोटो : सुजन केसी को फेसबुक वालबाट साभार


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...