Saturday 20th December 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ४०


स्रष्टा परिचय
नाम : इन्दिरा चापागाईं
माता : स्व. लेखमायाँ चापागाईं
पिता : स्व. खगेन्द्रप्रसाद चापागाई
जन्म मिति : २०२९।१०।२०
जन्मस्थान: सभापोखरी गाउँपालिका १ संखुवासभा
बसोबास: सूर्यविनायक न पा ५ भक्तपुर
शिक्षा: स्नातकोत्तर (जनप्रशासन)
पेशा : निजामति सेवा (हाल सडक डिभिजन हर्कपुर ओखलढुङ्गामा कार्यरत)
रुची :समाजसेवा,साहित्यका विविध विधा पढ्ने, कविता, मुक्तक, गजल ,लघुकथा लेख्ने
आवध्दता :आजीवन विशिष्ट सदस्य (शब्दाङ्कुर साहित्यप्रधान मासिक) ,सदस्य :साहित्य संगम नुवाकोट र विभिन्न साहित्यिक फेसबुक पेजहरु
सम्मान : संगम साहित्य सम्मान २०७८
पहिलो कविता प्रकाशन: मुटु रित्तिउन्जेल रोएँ (२०५४ रुपरेखा साप्ताहिक, नुवाकोट)
पहिलो लघुकथा प्रकाशन: लघुकथा: चोट (लोकभावना त्रैमासिक २०७७)
पुस्तकाकार कृति : छैन

रचना
लघुकथा : लगानी

“यिनको आँखा जाचिदिनूस् त हजुर”बुढीलाई देखाउँदै बुढाले भने।
सेतो प्लेटको गाडिमा आएका पचपन्न हाराहरीका उनि उच्च पदस्थ जस्तो लाग्दथे।
बुढीको आँखा जचाए र सामान्य चस्मा रोजिदिएँ।आज्ञाकारी महिला रहिछिन् बुढाले जुन रोजिदिए त्यही लगाईन्।मोल सोधे मैले पचपन्न सय बताएँ।
“चारहजार गरिदिनुस् न हजुर!”मोल घटाउँन अनुरोध गरे।
“भनिहाल्नु भो लानुस्” मैले भने।चारहजार तिरे गएँ।
म कहिले त्रिपुरेश्वर त कहिले दरबारमार्गको पसलमा बस्थेँ।एक हप्ता पछि आज म दरबार मार्गको पसलमा बस्ने पालो।कालो सिसा भएको रातो प्लेटको गाडिमा एउटी किशोरी लिएर एक बुढा मान्छे आए।
किशोरीलाई राम्रो फेसनेवल चस्मा चाहिएको रहेछ।
“हेरिस्यो त! यसले सुहायो कि सुहाएन? कति हो यसको प्राइस?” किशोरीले मस्किदै सोधी।
“चौधहजार” मैले भने।
“ए नानु! त्यसले होइन,यसले सुहाउँछ ल लगाई हेर त।”
“साच्ची?”
“साँच्चि त हो नि, म झुट बोलुँला।गोरी मान्छेलाई कालो चस्मा त्यो पनि भोगा ब्रान्डको” बुढाले हौस्याउँदै भने।
“आइ लाइक इट,” किशोरी मस्किदै बोली।
“यसको प्राइस कति हो?”बुढाले सोधे
खासमा त्यो चस्माको मोल बाह्रहजार मात्र हो।
“पच्चीसहजार” मैले भने।
खुरुक्क पच्चीसहजार गनेर दिए। बिल पनि लिन नभ्याई किशोरीलाई काखी च्याप्दै गाडिभित्र पसे।
त्रिपुरेश्वरको पसलमा बुढीलाई चस्मा किनिदिने ऊ नै बुढा थिए।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...