Tuesday 10th March 2026

मणिपुरमा पनि इसपेरो अनलाइनको आरम्भ


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यमा पनि सरकारी कर्मचारीहरूको उपस्थिति र उनीहरूको कार्यलाई निगरानीमा राख्नको लागि सरकारले इसपेरो (SPARROW )नामको एउटा नया अनलाइन शुरू गरेको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार हिजोबाट शुरू भएको उक्त सेवाको उद्धाटन समारोहमा बोल्दै मुख्यमन्त्री एन बिरेनले भने कि यसबाट ज्येष्ठ कर्मचारीहरूले आफू भन्दा साना कर्मचारीहरूको कार्य पद्धति र उनीहरूको कार्यलाई रेख -देख गर्न ठूलो मदद पुर्याउने छ ।

उनले अगाडि थपे कि कतिपय सरकारी कर्मचारीहरू भने समयमा कार्यालयमा समयमा आई नपुग्ने तथा धेरै समयमा अनुपस्थित रहनेहरूको लागि एउटा निगरानीको काम गर्ने छ । यसले सरकारको कामलाई सहज रुपमा एउटा नया रास्ता देखाउने छ भन्दै मुख्यमन्त्री बिरेनले भने कि सबै कर्मचारीहरू समयमा आएर आफ्नो कर्तव्यलाई पूरा गर्ने छन भन्ने आशा गरेका छन।

स्मरण रहोस् मणिपुरमा धेरै पटक डाटा बेज रूपमा यस्तो खालको प्रयोग नगरेको होइन फेरि पनि यसपाली उठाएको सरकारको पहलले अवश्य पनि राहत पुर्याउने छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...