Tuesday 10th March 2026

मुख्यमंत्रीले फायर फाइटिंग भेहिकललाई देखाए हरिया झण्डा


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज खुमन लाम्पाक स्टेडियममा हरियो झण्डा देखाएर फायर फाइटिंग भेहिकल राज्यका विभिन्न जिल्लाहरूमा पठाएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा बोल्दै मुख्यमन्त्री बिरेनले भने कि मणिपुरमा गर्मीको मौसममा धेरैमात्रामा हुने आगलागीबाट बचाउनको लागि यिनै बाहनहरू काममा आउने छन ।
उनले अगाडि थपे कि पानीको समस्या रहे बापत यिनै बाहनहरूले पोखरी या त खोलाबाट पानी भर्न सकिने छ जसले गर्दा धेरै भन्दा धेरै आगलागीबाट बचाउन सकिने छ ।

उनले अगाडि भने कि धेरै लामो समयदेखि गरिरहेको माॅग पनि आज पूरा भएको छ ।राज्यको फायर एण्ड इमर्जेन्सी सेवाले समयमा सक्दो सेवा गर्ने छ ।

यसै अवसरमा फायर विभाग द्वारा एउटा डेमो पनि प्रस्तुत गरिएको थियो भने आजको समारोहमा सरकारले एघारवटा फाइटर बाहन दिएको थियो । यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
स्मरण रहोस् मणिपुरमा गर्मीको मौसममा धेरै आगलागी हुने गर्दछ । यस कार्यले अवश्य पनि बचाव हुनेछ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...