Wednesday 15th July 2026

शीत परिकल्पनाकार रेग्मीको कृति ‘अलिकति’ काठमाडाैंमा विमोचन


शीत काव्य समाज बागमती प्रदेशको अायोजनामा शीत काव्यका परिकल्पनाकार पुष्कर अथक रेग्मीको कृति ” अलिकति ‘ बिमोचन गरिएको छ । साहित्यका विभिन्न उपविधाका प्रवर्तक/परिकल्पनाकारहरूको समुपस्थितिमा ‘अलिकति’ विमोचन गरिएको हो । साहित्यका विभिन्न उपविधामा कलम चलाइरहेका लेखक तथा समीक्षक रेग्मीको यो कृति एक बाल काव्य संग्रह हो ।

युनिभर्सल टेलिभिजन बालाजु काठमाडाैंमा अायोजित कार्यक्रमको सभाध्यक्षता शीत ईश्वर कृष्ण के.सी.(अध्यक्ष , शीत काव्य समाज बाग्मती प्रदेश )को रहेको थियो भने बरिष्ठ साहित्यकार शैलेन्दु प्रकाश नेपालको प्रमुख अातिथ्यता तथा समीक्षक वेदविज्ञ तिलक प्रसाद लुइटेल रहनु भएको थियोे ।

अथकको बाल काव्य संग्रह अलिकति भित्र लघुतम काव्य शीत, त्रिशूल , षडऋतु,आगो, मुक्तागो, हाइकु, साइनो,जुनेली, टुक्का, बाछिटा , पञ्चक , झर, खोरिया, कथन , करूवा , मुक्तक , गजल, छेस्का , गेडी, झ्याउरे, कोपिला , सुसेली, उदक , ताङ्का, पञ्चाङ र रम्बास गरि २६ वटा प्रविधा÷ उपविधामा आधारित बाल काव्यहरू रहेका छन् ।उक्त कार्यक्रममा शीत काव्य समाज वाग्मती प्रदेशद्वारा लेखक अथकलाई अभिनन्दन समेत गरियो ।

कार्यक्रममा उपस्थित परिकल्पनाकार/ अभियन्ताहरू सुसेली : दुर्गा अधिकारी भमरकोटे, अागो/ मुक्तागो : दीर्घबहादुर चन्द, तुक्का : तारा प्रसाद चापागाईं, पञ्चाङ : सुशीला पौड्याल, उदक : सविता कार्की, मुक्तक : निर्मल रमण अधिकारी, खोरिया : जनार्दन अधिकारी धडकन, छेस्का : बिनोद नेपाल, षडऋतु : सीता बिष्ट कार्की ‘ सीबिका’, उतार : टेक बहादुर खत्री, पन्चक : कृष्ण के. सी., शीत / त्रिशूल : पुष्कर अथक रेग्मी हुनुहुन्थ्यो भने उक्त कार्यक्रममा साहित्यलाइ माया गर्ने साहित्य सर्जकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बागमती प्रदेशका उपाध्यक्ष माधव विडारीको स्वागत तथा महासचिव दामोदर ढकाल दीपकको संचालनमा सम्पन्न उक्त कार्यक्रमको सुखशान्ति टेलिभिजन र युनिभर्सल टेलिभिजनले प्रसारण गरेका थिए ।

सोही कृत विमोचनको अवसर पारेर लघुकाव्य उपविधा सन्जाल पनि गठन गरिएको छ जसमा दुर्गा अधिकारी भमरकोटे (अध्यक्ष ) सीता बिष्ट कार्कि ( उपाध्यक्ष )पुष्कर अथक रेग्मी ( महासचिव ) डा . शैलेन्दु प्रकाश नेपाल ( सल्लाहकार ) तिलक प्रसाद लुइटेल (सल्लाहकार) रहेका छन् भने पुर्ण समिति पछि सार्वजनिक गरिने पनि जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई…

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

प्रतिकृयाहरू
...