Friday 17th May 2024

शोभा आचार्य गौतमका तीज विशेष केहि षड्ऋतुहरू


षडऋतु
तीज

तीजकाे लहर
गाउँ र सहर
साथी अनि संगि
भेटने माैका याे
नाच्ने र गाउने
रमाईलाे छ याे।

तीजको बेलामा
दिदी र बहिनी
भेट घाट राम्रो
गीत गाइ नाच्ने
दुख सुख पाेख्ने
संस्कृति याे हाम्रो ।

रमाइलो पर्व
नारी हुनु गर्ब
बर्षमा आउने
गीतकाे माध्यम
दुख सुख पाेख्ने
नाचेरनै मान्ने ।

राताे चुरा पाेते
रातै छ त्यो सारी
सजिएकी नारी
उमंग उत्साह
छाएर आएकाे
रमाइलो लाग्यो ।

माैलिकता पनि
ध्यान दिउ हामी
पुराना गीतकाे
सम्मान गराैन
संझेर गाउन
संस्कृति छराैन।


तीज पर्व हाम्रो
रमाइलो छ नै
दिदी र बहिनी
माईत गएर
रमाइलो गर्ने
दुख सुख पाेख्ने।

शाेभा आचार्य गाैतम


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...