Monday 12th October 2026

शोभा आचार्य गौतमका तीज विशेष केहि षड्ऋतुहरू


षडऋतु
तीज
१
तीजकाे लहर
गाउँ र सहर
साथी अनि संगि
भेटने माैका याे
नाच्ने र गाउने
रमाईलाे छ याे।
२
तीजको बेलामा
दिदी र बहिनी
भेट घाट राम्रो
गीत गाइ नाच्ने
दुख सुख पाेख्ने
संस्कृति याे हाम्रो ।
३
रमाइलो पर्व
नारी हुनु गर्ब
बर्षमा आउने
गीतकाे माध्यम
दुख सुख पाेख्ने
नाचेरनै मान्ने ।
४
राताे चुरा पाेते
रातै छ त्यो सारी
सजिएकी नारी
उमंग उत्साह
छाएर आएकाे
रमाइलो लाग्यो ।
५
माैलिकता पनि
ध्यान दिउ हामी
पुराना गीतकाे
सम्मान गराैन
संझेर गाउन
संस्कृति छराैन।

६
तीज पर्व हाम्रो
रमाइलो छ नै
दिदी र बहिनी
माईत गएर
रमाइलो गर्ने
दुख सुख पाेख्ने।

शाेभा आचार्य गाैतम


सम्बन्धित शीर्षकहरु

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

प्रतिकृयाहरू
...