Tuesday 15th September 2026

कविता: जन युद्धको खवर -अनिपाल के.सी.(सुप्रिम)


वास्तविक जनयुद्ध लडेका लडाकुहरु
युरोप अरब खाडी मुलुक गएका छन रे
उखरमाउलो गर्मि अस्सी डिग्रि तापक्रममा
काम गर्दा पनि अझै दु:ख पाएका छन रे

सहिद बेपत्ता अपांग अनाथ विधुवाहरुका
आँखा ओभानो छैनन रसाएका छन रे
यता कता सँगै युद्ध लड्ने साथीहरु चाँहि
चिटिक्क पर्दै तारे होटल धाएका छन रे

जनताको आँखामा छारो हाल्दै अझै……
विकास र समृद्धिको गित गाएका छन रे
गरिवको झोपडी दु:ख सुख जे भएता पनि
नेताहरुले चौरासी बेञ्जन खाएका छन रे

जनयुद्धको आधार किल्ला कर्णाली तिर..
भत्काएका संरचना अझै ढलेका छन रे।
हाम्रा ती प्रचण्डे बाबुरामे प्रभाकरे अनन्तेले
हिजोआज मिठो भोजन खाएका छन रे

आरोप प्रत्यारो गर्दै तलब भत्ता खादै
आफू अनुकूल मिडियामा छाएका छन रे
ठेक्कादार माफिया काला बजारिया संगको
संगतले महल ठड्याएका छन रे ।।

देशीविदेशीको गुलामी हुँदै पुजीवादी बने रे..
अरबौ खरबौका बिटा अठ्याएका छन रे।
काम भन्दा खाली भासण मात्रै गर्छन अरे..
युवाहरुले मासु भात ठट्याएका छन रे…।

द्वन्द पीडित
रचना -अनिपाल के.सी.(सुप्रिम)
खत्याड गाउँपालिका-११लुई,रातापानी,मुगु
[email protected]


सम्बन्धित शीर्षकहरु

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

प्रतिकृयाहरू
...