Saturday 27th April 2024

जनै पूर्णिमा विशेष जुनेलीहरू


(१)
आयो है
आयो
पूर्णिमा
छायो।
(२)
नेपाली
पर्व
छन् सबै
गर्व।
(३)
देवको
साक्षी
धागोको
लाक्षी।
(४)
घुडामा
राखी
खोलिन्छ
लाक्षी।
(५)
गनेर
मनै
संलिन्छ
जनै।
(६)
लपेटी
बरा
तिनटा
सरा।
(७)
राम्ररी
हेर्दै
आैलामा
बेर्दै।
(८)
तयार
पार्छ
बाटन
सार्छ।
(९)
कतुवा
ल्याई
बार्दली
गई।
(१०)
बाटेको
खुबै
निकाली
सबै।
(११)
अलग
गर्छ
अर्कोले
भर्छ।
(१२)
धागोको
ताक्छ
सिखामा
लाग्छ।
(१३)
पलेटी
कसी
गुन्द्रीमा
बसी।
(१४)
तयारी
मोड
लगाई
जोड।
(१५)
अगाडि
सर्दै
तयार
पार्दै।
(१६)
राम्ररी
नाप्छ
मिलाई
राख्छ।
(१७)
नुवाई
वरी
तयार
परी।
(१८)
जनैको
साथ
हल्लाई
हात।
(१९)
पुरेत
राजा
सबैको
साझा।
(२०)
भिडमा
पस्त
मन्त्रमा
ब्यस्त।
(२१)
बिहान
बित्यो
मन्त्रले
सिच्यो।
(२२)
मन्त्रको
युद्ध
जनै भो
शुद्ध।
(२३)
घरमा
आँए
जनै नि
लाँए।
(२४)
सुद्धता
पाँए
खुसीले
छाँए।
(२५)
पूर्णिमा
हाम्रो
साह्रै भो
राम्रो।
(२६)
म भए
पस्तै
कामना
मस्तै।
(२७)
दिदैछु
ताजा
कामना
साझा।

नारायण कोईराला
तानसेन,पाल्पा,नेपाल


सम्बन्धित शीर्षकहरु

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो…

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते…

प्रतिकृयाहरू
...