Friday 2nd October 2026

कुवेतबाट घरविदामा गएकाहरु छ महिना भन्दा बढी छुट्टी बस्न पाउने


बसन्त थापा, तितोपाटी- कुवेतलाई कर्मथलो बनाएर बसेका आप्रवासीहरुले छ महीना भन्दा बढ़ी कुवेत बाहिर बस्न सक्ने भएका छन।

हालै कुवेत सरकारले आफ्नो बसाई लम्ब्याउन र आफु रहेको देशबाट अनलाईन मार्फत आफ्नो भिसा नवीकरण गर्न सकिने बताएको छ।

उक्त निर्णयले विदेशमा बस्ने कामदारका लागि नियमावली लागू गर्न बाँकी रहेको उल्लेख गरेको छ । यस अघि कुवेतमा कार्यरत आप्रवासीहरुले कुवेत छोडेको ६ महिना भित्रमा पुन कुवेत प्रवेश गर्नुपर्ने नियम रहेको थियो भने उक्त नियमलाई परिवर्तन गर्दै आप्रवासीहरुले देश बाहिर आफ्नो बसाई लम्ब्याएर बस्न सक्ने भएका छन। साथै छ महिना भन्दा बढी समयदेखि कुवेत बाहिर बसेका विदेशी कामदारहरूले अनलाइनबाटै बसोबासको अभिलेख नविकरण गर्ने सुविधा रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

यो निर्णय घरेलु कामदारको लागी लागु नहुने बताउदै उक्त घरेलु कामदारहरुलाई देश बाहिर छ महिना भन्दा बढी बस्ने अनुमति दिइएको छैन तर ६ महिनाभन्दा बढी देश बाहिर बस्न चाहने घरेलु कामदारले आफु कार्यरत घर मालिक संग पूर्व अनुमति लिएर बसाई लम्ब्याउन सकिने छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

प्रतिकृयाहरू
...