Friday 26th April 2024

चीनद्वारा ताइवान सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार


चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। बिहीबार चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै आक्रामक बनेको चीनले केही दिनयता ताइवानको सीमा क्षेत्र सैन्य अभ्यास गर्दै आएको छ । बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ ।

चीनले ताइवानको हवाइ र समुद्री मार्गमा नै असर पर्ने गरी चीनले क्षेप्यास्त्र प्रहार गरेको ताइवानले जनाएको छ । उता प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको भन्दै जापानले पनि विरोध जनाएको छ ।

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ । पेलोसी ताइपेइमा अवतरण गरेसँगै उसले अमेरिकाले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन गरेको भन्दै दुई देशबीच सम्बन्धमा यसको असर पर्ने चेतावनी दिएको थियो । चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पेलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ।

ताइवानले भने चीनको चेतावनीका बावजुद पेलोसीलाई भव्य रुपमा स्वागत गरेको थियो । साथै ताइवानले चिनियाँ प्रतिक्रियाको खण्डन पनि गरेको थियो । ताइवानका अधिकारीहरूका अनुसार पेलोसीको भ्रमणसँगै चीनले २० भन्दा बढी लडाकु विमानहरू ताइवान क्षेत्रमा प्रवेश गरेको छ ।

बिहीबार चिनियाँ सेनाले गरेको मिसाइल प्रहारलाई ताइवानको रक्षा मन्त्रालयले ‘तर्कहीन कार्य’ भएको संज्ञा दिएको छ । साथै ताइवानले दुश्मनका गतिविधि नजिकबाट नियालिरहेको भन्दै त्यसको उपयुक्त कदम चाल्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...