Sunday 18th October 2026

आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक


तीतोपाटी डटकम-युवा पुस्तालाई लक्षित गरि तयार पारिएको आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक गरिएको छ । बानेश्वर थापागाँउमा एक कार्यक्रम विच टेलर सार्वजनिक गरिएको हो ।

टेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव धिमालले आफनो मेहेनतलाई दर्शकले स्विकार्नु हुन्छ हुदैन आगामी दिनले देखाउनेछ,दर्शकले दिएको ताली गाली मलाई स्विकार्य छ । यो मेरो लागि चुनौती र अवसर दुवै रुपमा लिएको छु । उहाले भन्नुभयो सिरिजमा सबै कलाकार युवा र नयाँ छन ,कथावस्तु पनि अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा छ त्यो हुदा युवापुस्ताले मन पराउने बिश्वास लिएको छु ।हामीले सिरिजलाई टेलिभिजनहरु संग पनि कुराकानी गरिरहेका छौ सायद चाडैं टेलिभिजनमा पनि दर्शकले हेर्न पाउनु हुनेछ उनले भने ।

नयाँ कलाकारहरुको उल्लेखिय उपस्थिति रहेको यस सिरिजको मुख्य भुमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ ,प्रियन्सी श्रेष्ठ ,सोनियो रन्जित ,पुनम परियार ,सुमन थोप्रा लिम्बू ,भिमसेन खतिवडा ,राजकुमार शाह,विजय राज भुर्तेल,राजिव धिमाल, कृष्णप्रसाद धिताल ,सविना गहतराज, रोजिना गौतम अर्जुन थापा लगायतको अभिनय रहेको छ । विजयराज फिल्मसको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नमराज घिमिरे र प्रवेश राईले गरेका छन । विजय राज भुर्तेलले सम्पादन गरेको सिरिजको मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमालको लगानी रहेको रहेको छ । टेलर आलु जस्तो लव युटुव च्यानल बाट सार्वजनिक गरिएको हो ।

https://youtu.be/bNld9bnGzWs


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...