Sunday 1st November 2026

आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक


तीतोपाटी डटकम-युवा पुस्तालाई लक्षित गरि तयार पारिएको आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक गरिएको छ । बानेश्वर थापागाँउमा एक कार्यक्रम विच टेलर सार्वजनिक गरिएको हो ।

टेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव धिमालले आफनो मेहेनतलाई दर्शकले स्विकार्नु हुन्छ हुदैन आगामी दिनले देखाउनेछ,दर्शकले दिएको ताली गाली मलाई स्विकार्य छ । यो मेरो लागि चुनौती र अवसर दुवै रुपमा लिएको छु । उहाले भन्नुभयो सिरिजमा सबै कलाकार युवा र नयाँ छन ,कथावस्तु पनि अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा छ त्यो हुदा युवापुस्ताले मन पराउने बिश्वास लिएको छु ।हामीले सिरिजलाई टेलिभिजनहरु संग पनि कुराकानी गरिरहेका छौ सायद चाडैं टेलिभिजनमा पनि दर्शकले हेर्न पाउनु हुनेछ उनले भने ।

नयाँ कलाकारहरुको उल्लेखिय उपस्थिति रहेको यस सिरिजको मुख्य भुमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ ,प्रियन्सी श्रेष्ठ ,सोनियो रन्जित ,पुनम परियार ,सुमन थोप्रा लिम्बू ,भिमसेन खतिवडा ,राजकुमार शाह,विजय राज भुर्तेल,राजिव धिमाल, कृष्णप्रसाद धिताल ,सविना गहतराज, रोजिना गौतम अर्जुन थापा लगायतको अभिनय रहेको छ । विजयराज फिल्मसको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नमराज घिमिरे र प्रवेश राईले गरेका छन । विजय राज भुर्तेलले सम्पादन गरेको सिरिजको मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमालको लगानी रहेको रहेको छ । टेलर आलु जस्तो लव युटुव च्यानल बाट सार्वजनिक गरिएको हो ।

https://youtu.be/bNld9bnGzWs


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...