Tuesday 15th September 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ३३


स्रष्टा परिचय
नाम ः निरज कोइराला
शैक्षिक योग्यता एम. ए. । बी. एड.(नेपाली)
माता ः देवकुमारी कोइराला
पिता ः स्व. भीमप्रसाद कोइराला
जन्म मिति ः २०३४ फाल्गुन १८गते बुधबार
जन्म स्थान ः बेलबारी ८(साबिक डाँगिहाट४) मोरङ
बसोबास ः बेलका १ भौडादेवी टोल (उदयपुर)
हाल ः इटहरी
साहित्य सृजना ः कथा, लघुकथा, लघुनाटक, नाटक, कविता, गजल, मुक्तक, टुक्का, हाइकु , साइनो आदि विविध बिधामा कलम चलाउन सक्रिय
प्रथम प्रकाशित कृति ः “आमा” (खण्डकाब्य )
दोस्रो कृति ः “बाको फोटो” (लघुकथा सङ्ग्रह, प्रकाहनको तयारीमा)
पेशा ः शिक्षा शिक्षण , लेखन

रचना

लघुकथाः पैसाकाे रुख

” जाऊँ जाऊँ , साहिँला बाजेका घरमा ठूलाे भिडभाड छ ।” हल्ला सुनेर सिह्रान घरे जेठा पनि पछि लागे । उनी पुग्दा रुवावासी चलिरहेकाे थियाे । साहिँला बाजेले राेएर धर पाएका थिएनन् । टाउकाे खुइल्याइएकाे थियाे । घाराे तयार पारिएकाे थियाे । साहिँला बाजेकाे छाेराे राताे बाकसमा फर्किएका रहेछन् ।
हेर्दा हेर्दै घाट लगे । घाटमा कुराकानी चल्याे । ” दिनभर ६० डिग्री ताताेमा काम गरेर आएर एसीमा सुतेकाे बिहान साथीहरु उठ्दा अररिएकाे अवस्थामा भेट्टाएछन् । चिनजानका आफन्त खाेज्दै रहेछन् । मैले थाहा पाएँ । अनि जिम्मा लिएर आएकाे ।” लास लिएर आएका अपरिचित एकहाते मान्छे भन्दै थिए । “लु राम्रो काम गर्नुभएछ बाबु ।” ” तपाईँकाे घर कहाँ हाे ?” ” यस्ताे एउटा मात्र हात भएकाे मान्छे के काम गर्न जानुभएकाे ?” प्रश्न बर्षाउन थाले सबैले । अपरिचितले उत्तर दिन कर लाग्याे , “म सत्र बर्ष पहिले साउदी अरब पुगेकाे नेपाली हूँ । म राम्राे काम छ भन्ने बुझेर बाह्र पास गर्ने बित्तिकै गएकाे । पैसा टिप्न गएकाे । त्यसपछि आजै हाे नेपाल टेकेकाे । ” ” यत्राे बर्ष घरतिर खबर गर्नुभएन बाबु ? ” बिचैमा जिज्ञासा पाेखे सिह्रान घरे जेठाले ।
धेरैबेर अनकनाएर बाेल्याे एकहाते, ” हाे बुवा म घरमा खबर सुनाउन चाहन्नथेँ । जसाेत्यसाे पेटपालाे गर्दै उतै जीवनकाे भारी बिसाउन चाहन्थेँ । याे भाइकाे कारण म नेपाल आइपुगेँ । मैले पढ्न छाेडेर पैसा टिप्ने आशामा उच्च शिक्षा पढ्न छाेडेर बिदेश गएकाे थिएँ । माफ गर्नुस् बुवा म पैसाकाे सात तले रुखबाट लडेर रुप र हात गुमाएकाे हजुरकाे छाेरा अभिषेक हूँ ।”


सम्बन्धित शीर्षकहरु

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई…

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

प्रतिकृयाहरू
...