Saturday 10th October 2026

कुवेतमा कपिलवस्तुका विशाल कुँवरको हृदयघातको कारण मृत्यु


मृतकका परिवारलाइ नेपाली दूतावाससँग सम्पर्कमा अाउन दूतावासको अनुरोध

कुवेत – कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका बिशाल कुँवरकाे हृदयघातका कारण निधन भएको हो।

कपिलवस्तु, बाणगंगा ०१, पिपरा घर भएका
राहदानी नं. ०५७१२५५३ का कुँवर को ११ जुलाई २०२२ का दिन हृदयघातका कारण निधन भएको हाे भने कुवेतस्थित नेपाली दूतावास कुवेतलाई १४ जुलाईमा उनको मृत्यु बारे प्रारम्भिक जानकारी प्राप्त भएको थियो । मृतक कुवेतको मामा मावाहेब रेस्टुरेन्टमा कार्यरत थिए। साेहि रेस्टुरेन्ट छाेडि अवैधरुपमा अन्यत्रै काम गर्दै आइरहेको अवस्थामा हृदयघातका कारण मृत्यु भएको हो ।

कुवेतस्थित नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार मृतकको प्रारम्भिक जानकारी नेपाली दूतावासमा प्राप्त भईसकेको छ। मृतकको पोस्टमार्टम रिपोर्टमा हृदयघातका कारण निधन भएको जनाएको छ। शव स्वदेश पठाउनका लागि कानूनी प्रक्रियाका काम भईरहेको छ।
मृतकको परिवारलाई कुवेत स्थित नेपाली दूतावास कुवेतमा सम्पर्क आउन दूतावासले आग्रह गरेको छ। सम्पर्कको लागि नेपाली राजदूतावासको हटलाइन नं. +९६५-९८८६९१२१ मा सम्पर्क गर्न सकिनेछ ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...