Sunday 12th April 2026

अत्यन्तै मनोरम पिलुवा पिस पार्क


बि.आर.उप्रेती – बारा जिल्ला जीतपुर सिमरा उप महानगरपालिका अन्तर्गत वडा नम्बर १६ पिलुवा गाउँ बस्तीको नामबाट नामाकरण भएको उत्तर पटी पुर्व पश्चिम राजमार्ग, पथलैयाबाट ९ किलो मिटर पुर्व भद्रकाली चोक छ अनि भद्रकाली चोकबाट बाराको सदर मुकाम कलैया जाने मानमत सडक छ । यही भद्रकाली चोकबाट लगभग ४०० मिटर दक्षिणमा अवस्थित यो पिस पार्क निर्माणधीन अवस्थामा छ। उत्तर पुर्व हरियाली जंगल, दक्षिण गाउँ बस्ती र पशिम मानमत सडक यति भित्र झन्डै ३ बिगाह जग्गामा यो पिस पार्कमा भौतिक संरचना बन्दै छ। यस पार्कको गुरु योजना अनुसारको हाललाई साना तिना मन्दिर लगायत केहि भवन बन्दै गरेकोले अहिले नै यो पार्क कति शान्त आनन्दमय महशुस हुन्छ ।

यसरी त्यसै त बाटोघाटो हरियाली देख्दा रमाइलो लाग्छ झन् गुरु योजना अनुसार बन्न लागिरहेको पिस पार्कमा बिहान बेलुका घुम्न जाँदा यस्तो धर्मिक रमणीय स्थानले मनका केही पिर दुख पनि हराउँछ। दैनिक बिहान बेलुका मानिसहरु यस पार्कमा घुमफिर गर्न आउने जाने गरेको देखिन्छ। श्री ब्रह्म कुमारी राज योग सेवा उप केन्द्र पिलुवामा स्थापना भएपछी ब्रह्मा कुमार, ब्रह्मा कुमारीहरुको पिलुवा गीता पाठशालामा आवत जावत हुँदा ब्रह्मा कुमार गुणराज लामिछाने बेला बेलामा आउंदै गर्नु भएकोले उहाँले नै यो पिस पार्क निर्माण गर्ने योजना बनाउनु भयो। अनि यसको गुरु योजना तयार भएपछि स्थानीय भद्र भलाद्मी बुद्धिजीवीहरुसंग सद्भाव र सहयोग जुटाई यो पार्क निर्माण कार्यको लागि स्थानिय जनप्रतिनिधी, शिक्षाविध, जिल्ला स्थित प्रहरी, भद्रकाली गण सशास्त्र प्रहरी बल (४० नम्बर रिजर्ब), साझेदारी वन, जिल्ला प्रशासन लगायत विभिन्न कार्यालयका प्रतिनिधीहरु समेतबाट कार्य प्रगतिको लागि सक्दो सहयोगको आशा भएको बुझिन्छ। खास गरेर यस पार्कलाई निर्माण कार्यको लक्ष्य प्राप्तीको निमित्त यसै बारा जिल्लाका प्रदेश सांसद तथा पूर्व मंत्री माननीय ज्वाला कुमारी साहले निर्माण सुरु देखि नै यस कार्यको पुर्ण सफलता हुनुपर्छ भन्ने सदिक्षाकासाथ आफुले सक्दो आर्थिक सहयोग गर्दै आउनु भएको थाहा भएको छ।

उपरोक्त अनुसार यो पिलुवा पिस पार्क निर्माणको लागि बरिष्ट बुद्धिजीवी एवं डुमरवाना क्याम्पस प्रमुख राधेश्याम सिवाकोटी, निवर्तमान वडाध्यक्ष केदार नाथ बजगाईं, बर्तमान वडाध्यक्ष हरिदेव खरेलले सक्दो सहयोग गर्दै आउनु भएको हुँदा ब्रह्म कुमार गुणराज लामिछानेको अगुवाइमा हुने यस्तो पिस पार्कमा भगवानका मूर्ती, मठ मन्दिर, पाटी पौवा लगाएत धार्मिक र अन्य मनोरन्जनात्मक संरचनाको निर्माण कार्य पूर्ण सफलता प्राप्त पछि यस पार्कलाई पर्यटकीय स्थल समेत हुने देखिन्छ। तसर्थ यो पिस पार्कको गुरु योजना अनुसारको कार्य पुरा गर्न गराउन बुद्धिजीवी, भद्र भलाद्मी, जनप्रतिनिधिहरु, सरकारी गैर सरकारी, संघ संस्था लगायत समस्त दाजुभाई दिदि बहिनीहरु लागि पर्नुपर्छ अनि मात्र देशकै एउटा नमूना मनोरन्जनात्मक धार्मिक तथा पर्यटकीय स्थल हुनेछ भन्छन स्थानिय जनताहरु।

बारा नेपाल
भाषा सम्पादन- केदार नाथ खरेल


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...