Saturday 16th May 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – २९


श्रष्टा परिचय ः

नाम ः इन्दिरा ज्ञवाली पौडेल
पिता ः दोलखराज ज्ञवाली
माता ः शकुन्तला ज्ञवाली
श्रीमान ः चोलाकान्त पौडेल
छोराछोरी ः विपिन पौडेल , विपना पौडेल , तिमिल्सिना
जन्म ः गुलरिया न. पा.५ , सुहेलहवा
बर्दिया
स्थायी ठेगाना ः कुश्मा न.पा. १० पर्वत ,ज्ञादी
हाल ः तानसेन २ मेहल्धारा ,पाल्पा
बसोबास ः बुटवल ११ देवी नगर
शिक्षा ः एम.ए. वी एड ( नेपाली )
पेशा ः शिक्षण, पद्म पब्लिक नमुना मा.वि , तानसेन ,पाल्पा
भ्रमण ः नेपाल , भारत , अमेरिका
सम्पर्क नं. ः 9847114479
इमेल ः [email protected]
रुचि ः भ्रमण, साहित्य लेखन
आबद्धता ः
केन्द्रीय कोषाध्यक्ष ः शीत काव्य समाज नेपाल
अध्यक्ष ः शीत काव्य समाज नेपाल
पाल्पा
संयोजक ः शीत विभाग ,विश्व साहित्य प्रतिष्ठान ,नेपाल
सदस्य ः मानव अधिकार तथा शान्ति समाज,पाल्पा
प्रकाशित कृति ः
स्रष्टा सिर्जना ः पाल्पा (संयुुक्त गजल सङ्ग्रह २०७५)
शीत इन्दु (शीत काव्य सङ्ग्रह -२०७८)
विभिन्न पत्रपत्रिका र सङ्गालोहरूमा फुटकर कथा, कविता, लेखहरू प्रकाशित
प्रशंसा पत्र ः महामृत्युञ्जय शिवासन क्षेत्र विकाश समिति नेपाल (२०७२)
सम्मान ः शीत कणर् साहित्य पुरस्कार (२०७९)

रचना
झ्याउरे छन्दमा असारे गीत

असार लायो पानी है पर्यो आकाश गर्जेर
टारीको खेत बाझो नै भयो आउन फर्केर

विदेश गई फर्केर आएँ, पसिना बगाएँ
श्रमको मूल्य बुझेर मैले पौरख लगाएँ

किसान छोरा हौ तिमी धरा नजाऊ पल्टन
हेरेर आऊ कति छ पानी आमाको खटन

दब्दबे हिलो छ है आमा टारीको पाटामा
झिस्मिसे उठी गएर रोपौं ,दब्दबे माटामा

हलो र जुवा काँधमा राखी सिम्सिमे पानीमा
कम्मर भाची रोप्न है थालौं खेतको आलीमा

दब्दबे हिलो हिलो छ गिलो कसरी रोपौंला
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला

हलीले नारे जुवामा गोरू छ शुभकामना
बाली नै सप्रोस् यसै नै पाली हार्दिक कामना

अर्नीको पोको केके छ हेरौं त्यो हाम्रो थुन्सेमा
खाजाको साटो पकाएँ आटो सीप छ मुन्छेमा

तामा र बोडी काँक्राको चिरा खाएर तिरम्ला
न थाक्छे नाच्न न थाक्छे रोप्न दह्रा छन् पिरम्ला

असार पन्ध्र आज हो बल्ल नाचेर रमाऔं
संस्कृति हाम्रो असाध्यै राम्रो नेपाल बचाऔं

असारे भाका आमाको काखा मलाई नौलाख
मानोको बीउ मुरीको आशा हो मेरो औकात

भनेर मैले तिर्सना मेट्छु सबैले सुन्नुहोस्
सिर्जना रचे असारे छन्द गाएर बुझ्नुहोस्


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...