Thursday 10th July 2025

लागू पदार्थ विरूध्द चार खोरिया



सुन्दर गाउँ समाज ।
नभए केही अभाव ‌।
निस्तेज लागु पदार्थ,
हाम्रो सामर्थ्य !


रक्सीले जान्छ जवानी ‌‌।
गर्दछ हानी नोक्सानी ‌।
छोडौँ लौ बिँडी चुरोट,
गरौँ अठोट !


मनमा मिठो सपना ।
पृथक भयो विपना ।
लागुको माया जालले,
लग्यो कालले ।


फैलाऊ जन चेतना ।
गर्नुछ शुभ कामना ।
मनको मैलो फालेर,
दीप बालेर !

– आर्त अकुलीन, कैलाली


नखाऊ लागु पदार्थ
औषध शरीर गाल्छ ।
सम्पत्ति पनि गुम्दछ ।
ज्यान सुक्दछ ।।

लिएर भाङ्ग धतुरो ।
बनेछौ धेरै लुतुरो ।
ज्यानको माया लाएन ?
चेत आएन ।

गाँजाले उठ्न सकेन ।
चरेश जुट्न सकेन ।
चिन्ता गर्दछ गँजेडी ।
ऊ भित्रै देखी ।।

आमाका गहना फाल्यो ।
बाबुमा बहाना पार्यो ।।
साथमा धन रहेन ।
बाँच्न पाएन ।।

चूडा निर्भीक
-पालुङ्गटार २ सिम्पानी गोरखा

लगाऊँ बाली करेसा
नखानु कैल्यै चरेस
पन्छाइ बाधा अड्चन
फाल हरेस ।


नपर्नु तिमी छालमा
लागूपदार्थ जालमा
निम्तो दिनेछ कालले
मार्छ जालले ।


फस्नेछ मति लागूमा
अपाङ्ग हुन्छ दिमाग
सजक आफै भएर
बाँच्नु रमेर ।


लागूमा शून्य रहनू
स्वास्थ भई रमाउनू
शान्तिको गीत गाउनू
के छ पाउनु ।

सविता के.सी., काठमाडौँ ।

१ नफसौॅ है कुलतमा
जान्छ ज्यान फगतमा
जीन्दगी मूल्यवान छ
ठूलो ज्यान छ।

२ नशा र धुम्रपानमा
खतरा ठूलो ज्यानमा
स्वास्थ्य नै ठूलो धन हो
सुन जन हो।

३ लागु पदार्थ विरुद्ध
पारौॅ बाटो अवरुद्ध
जन चेतना जगाऔ
रोग भगाऔ।

४ लागु तस्करी बढ्दैछ
व्यापार माथि चढ्दैछ
यही विरुद्ध लडौॅ न
अघि बढौॅ न।

सरस्वती श्रेष्ठ रुपन्देही बुट्वल

१, स्वर्गीय हाम्राे वस्ती छ
भन्छाैं जीवन मस्ती छ
खाेज्छाैं लागू पदार्थ
के हाे यथार्थ ?

२, मानिस सारा स्वतन्त्र
जप्दछाैं हामी याे मन्त्र
जे पनि गर्न खाेज्दछाैं
प्वाक्क मर्दछाै ।

३, गराैं अान्दाेलन शुध्द
लागू पदार्थ विरूध्द
जिन्दगी हुन्छ पवित्र
फ्याँकाैं अशुध्द ।

४, नमीठाे गीत गाइन्न
मानिस चाेला पाइन्न
लागू पदार्थ पिएर
सती गइन्न ।

गाेविन्द प्रसाद घिमिरे वेदमणि ।

१. बर्बाद हुन्छ जिन्दगी
नखाऔँ लागु औषधी
प्रेम गरौँ आफूलाई
हुन्छ भलाइ !

२.रक्सी, चुरोट, जाँडले
बाँच्न दिँदैन आँटले
खेर जान्छ है विद्वत्ता
राखौँ धैर्यता !

३.हाम्रो अमूल्य जीवन
नराम्रो हो दुर्व्यसन
कर्म गरी पालौँ पेट
नत्र चङ्गाचेट् !

४.मनमा आगो बालेर
धुवाँ बाहिर फालेर
गर्छौँ नराम्रो सङ्गत
सोचौँ अब त !

-सरस पाण्डे
चन्द्रागिरि-९,

जीवन लामो साच्नु छ
स्वस्त भएर बाच्नु छ
धूम्रपान मध्यपान
छोडौ है खान ।।

लागुपदार्थ विष हो
भनेर आफैं जान्नु छ
धर्तीमा लामो समय
रम्दै हिड्नु छ ।।

अरुले भन्न गाह्रो छ
जीवन आफ्नै प्यारो छ
सुधारौ बानी आफैले
हामी सबैले ।।

नराम्रो लत तोडौ है
चुरोट खैनी छोडौ है
सन्सार हेरौं बाचेर
रम्दै हासेर ।।

जानुका थापा
बुढानिलकण्ठ ८ गोल्फुटार

१.
सन्सार अति सुन्दर
बनाऔ अझै सुन्दर
खराब बानी हटाऔ
मान बढाऔ ।
२.
नराम्रा कुरा छोडेर
उन्नत हामी बनेर
जागृत ल्याऔ देशमा
सान यसमा ।
३.
शरीर स्वस्थ राखौला
ईज्ज्ती हामी बनौला
नराम्रा बस्तु त्यागेर
स्वस्थ्य बनेर ।
४.
चोडेर लागू पदार्थ
आनन्द लिउ यथार्थ
जीवन धन्य बनाऔ
देश बनाऔ ।

गंगा लिगल,काठमाडाै

लागु पदार्थ सेवन
दुर्दशामा भाे जीवन
मृत्यूले मन छुँदैन
काेही रुँदैन

चुराेट धुँवा पहिले
स्म्याक तानेकाे अहिले
अामाकाे ईच्छा डाँडामा
अाफू काँडामा ।

सन्दुष फाेड्याै अामाकाे
चुँडायाै सिक्री दिदीकाे
लुकेर झ्याङ झ्याङमा
फाल्याै जीवन

जिन्दगी पैराे जानेछ
त्याे उल्टाे बाटाे नहिँड
देशकाे माटाे मुस्नु छ
अाँसु पुस्नु छ

जनार्दन अधिकारी धड्कन

जीतको हावा शीतल
चौतारी वर पीपल
हाँसौँला सबै मिलेर
दिल खोलेर ।

साहित्य बीउ रोपेर
भावना अझै खोपेर
जीवन यात्रा एकता
छैन सन्नाटा ।

सासको एक झोँकमा
डुब्नेछन् सबै शोकमा
कुलत यसै खराब
बानी सम्हाल ।

हारेको भित्री मनले
देख्नेछन् सबै जनले
दुखाइ व्यर्थ झन्झट
डुव्छ ललाट ।

चन्द्रकला अधिकारी, पाँचथर
चार खोरिया 🌹

सबैको चाह धनमा
मोज र मस्ती मनमा
बर्बाद यसै जीवन
सोचे है जन ।

चुरोट, खैनी, सुर्तीमा
गल्दैछ मान्छे फुर्तीमा
पचाई बुझ बसेका
झन् झन् फसेका ।

फैलाऔँ हामी चेतना
कुलत दिन्छ वेदना
अमूल्य आफ्नो जीवन
कौडी नठान ।

कानुन दह्रो बनाऔँ
सुधार गृह पठाऔं
हौसला,शिक्षा दिएर,
हासौँ जिएर ।

निरु गौतम मोरङ

१) दुर्व्यसन् तिमी नबन
बिग्रन्छ दिव्य याे तन
सुधार गर अवत
मान सवत !

२) फसेर लागू पदार्थ
बिग्रन्छ नाता कुटुम्ब
लगाउ मन कर्ममा
अाफ्नाे धर्ममा !

३) अनेक गर्दा कुकर्म
अपाङ्ग बन्छ जीवन
धनकाे स्वाहा हुनेछ
अात्मा रूनेछ !

४) नसुध्रे बानी नानीकाे
राख्नु सुधार केन्द्रमा
प्रतिज्ञा पछि गर्नेछ
ज्ञान भर्नेछ !

सुरेश चन्द्र घिमिरे
लमजुङ


गर्नुहुन्न धूम्रपान
राम्रो हुन्न मद्यपान
नशाले हानी गर्दछ
पीडा बढ्दछ!

लागुपदार्थ सेवन
कसैले पनि नगराैँ
असल बानी बसालाैँ
जीवन् सुधाराैं!

जिन्दगी लिन्छ नशाले
सम्पत्ति हर्छ दशाले
नशालु बानी छाेडेर
हाँसाै रमेर!

सबैमा बढाेस् चेतना
हटेर जावस् वेदना
लागुपदार्थ त्यागेर
बाँचाै हाँसेर!

सुधा बाँस्कोटा ढकाल
काठमाडौं

बढ्दै छ दुरव्यसन
यही नै ठाने फेसन
देश नै स्वाहा हुँदै छ
माटाे रुँदै छ ।

ध्यान खै कस्ले दिने हाे
जिम्मेवारी काे लिने हाे?
आराेप लाउनै ठिक्क छ
मनै दिक्क छ

बेराेजगार बढ्नाले
पश्चिमी भाषा पढ्नाले
कर्तव्य सारै भुलियाे
बिष घुलियाे

पाखा र बाँझा टारी छन्
बन्धकी घर बारी छन्
के के न गर्छु भन्दै छन्
शहर पस्दै छन् ।

चन्द्रावती अधिकारी
लमजुङ् दुराडाँडा
हाल काेहलपुर वाँके

/// खोरिया ///१
स्वासले भन्छ बाँचेको
मनले भन्छ ढाँटेको
तिम्रो माया मुटुभरि
जल्यो बेस्सरी ।
—-
//२
झूटको बारी खनेछु
सुर्तीको घारी गनेछु
फोक्सोमा कालो दाग छ
भागाभाग छ।।

//३

धुवाँले मुटु ढाकेछ
नराम्रो बानी लागेछ
संगत गुनाको फल
सकियो बल।

//४
धुँवा सुर्ती खाँदिन भो
स्वर्गतिर जाँदिन भो
यति राम्रो संसारमा
मह घारमा।

• देवी पन्थी

खोरिया!!

लागू पदार्थको लत
जीवनको कालो खत
छाडौँ झट्पट मनले
गरी हत्पत

नगरे हुन्छ अबेला
जीवनभरको झमेला
बाँच्नुको सार रहन्न
ढिला त्यो बेला

जल्दछन् नसा रक्तका
दुख्दछन् मन भक्तका
पुगिन्छ यमलोकमा
लत विषका

मनले सङ्कल्प गरी
बगाऊँ मादक झरी
यी हुन्छन् यमका पाशा
दिवाना लासा

कलानिधि दाहाल


सम्बन्धित शीर्षकहरु

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र…

मिडिया रिपोर्टका अनुसार, यमनी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहरिएकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा मृत्युदण्ड दिइनेछ। गत…

प्रतिकृयाहरू
...