Wednesday 21st January 2026

टहल आचार्यको गजल संग्रह – ४२


लिलाम हाली राष्ट्रियता लाज ढकाउनेहरु ।
सबै रैछन् पालैसँग यो देश सकाउनेहरु ।

माओवादी काङ्ग्रेश र ए माले पनि उस्तै
सडकमा झरेपछि जनता फकाउनेहरु ।

पद र प्रतिष्ठा मर्यादाको ख्याल छैन ,
सभामा राल काढी दिउँसै झकाउनेहरु ।

मानिसकै सिकार गरि सुकुटी र कवाफसँगै
चाँदीको त्यो कसौंडीमा भुजा पकाउनेहरु ।

साम्राज्य र बिस्तारबादीहरुको नै हुइँया बनी
कुखुरा बोक्न चील आयो भनी छकाउनेहरु ।

टहल आचार्य
२०७९/०३/१०


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...