Wednesday 9th July 2025

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला: पैँतीसौँ भाग (३५)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/ ०३/०७
………………………………………….
प्रशिक्षक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
सुशीला पौडेल
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास:- गरे, भरे, तरे, झरे, सरे, आदि मिल्दोजुल्दो ।

स्थायी :- हुन्छ

अक्षर संख्या :- १७

=======

पञ्चाङ्ग १

अनुमान गर्नुस् , सुख कहर भित्रै गरे हुन्छ
दु:ख निम्त्याउन उही शहर भित्रै सरे हुन्छ
जीवनको चक्रमा,मान्छे तुसिन्छ आफ्नै वक्रमा
छनोट गर्दै अमृत जहर भित्रै परे हुन्छ
अझ भनौं भने खुशी रहर भित्रै छरे हुन्छ ।

प्रेम थापा, बागलुङ ।

पञ्चाङ्ग २

देशको लागि चौतर्फी काम सक्नेले गरे हुन्छ ।
गरिब बस्ती नहुँदा मस्ती दु:ख ती टरे हुन्छ ।
जीवन भरि बगेर आँसु पीडाको त्यो सागर,
जहिले पनि हाँसी र खुसी आफैले तरे हुन्छ ।
कपुत सारा धर्तीको भार अधर्मी मरे हुन्छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३
———
गर यो विश्वास मा जतिसुकै घात गरे हुन्छ
तिम्रोलागि यो ज्यान आखिर जिउँदै मरे हुन्छ
अब बाँच्नुको अर्थ नै के भयो र सधैंका लागि
सम्झौतामा कति जिऊँ बरु ओझेल परे हुन्छ
अति भयो यो दिलबाट अब अन्तै सरे हुन्छ।।

नारायण प्रसाद निरौला

पञ्चाङ्ग ४

कुराकै निम्ति बेकामको कुरा जति गरे हुन्छ
नराम्रा कुराले अरूको कान सक्दो भरे हुन्छ
साम-दाम-दण्ड भेदको नीति चल्छ जताततै
मानवताको स्तरबाट मान्छे तल झरे हुन्छ
यस्तो सोच राख्ने मान्छे अकाल मृत्यु मरे हुन्छ ।

अरुण कु.भुजेल , गोरूबथान,कालेबुङ्ग, भारत ।

पञ्चाङ्ग ५

दोष दिन होइन कर्म गर्न अघि सरे हुन्छ
अरुको के सवाल भयो एक्लै पोल्टो भरे हुन्छ
हैसियत बुझ्नु सक्नुपर्छ अब विशेषगरी
चार दिवार भित्र हैन मैदानमा झरे हुन्छ
पौरखीको कमाइमा नै सधैंभरि चरे हुन्छ ।

निर्मला सुवेदी,बागलुङ।

पञ्चाङ्ग ६

आफै भण्डारे आफै भान्से मनलागि गरे हुन्छ
समस्याको जालमा फसे कुहिएर झरे हुन्छ
जिन्दगीको निर्णयमा के के खुस्छ धमिरा सरी
डाडु पन्युँ कसका हातमा ? बसाइँ सरे हुन्छ
यसै पनि लखेटिएका गुप्तबास भरे हुन्छ ।

सविता के.सी., काठमाडौँ

पञ्चाङ्ग ७

केही आशा नै छैन भने आफ्नै सुर गरे हुन्छ
बिहान नभ्याएको काम त नछोडी भरे हुन्छ
विश्वासपात्र हुने नहुने हात पनि तिमीमै
घात गर्ने भए दिलबाट बसाइँ सरे हुन्छ
कुरा चोर्नेलाई सधैँ बाहाना बाजी अरे हुन्छ ।

जमुना आचार्य
सिन्धुपाल्चोक

पञ्चाङ्ग ८

हाम्राे गैह्री खेत राेपाइँकाे सल्लाह भरे हुन्छ
फुर्सद भए सानू साँझ हाम्राे घर झरे हुन्छ
हली राेपार काेदाले अाइ खेती लगाइदिनु
खाने जाेहाे नभए एक दिन यतै झरे हुन्छ
जीवन्त सान्निध्य हुन राम्राे सम्बन्ध गरे हुन्छ

सुरेश चन्द्र घिमिरे, लमजुङ ।

पञ्चाङ्ग ९

नेताभनाउदाहरुले अत्याचार गरे हुन्छ
भाेट माग्दै नम्र हुँदै पछि परै नै सरे हुन्छ
याे राजनीति भन्ने फाेहरि खेल खुवै खेलेका
मतदाताकाे नजरबाट यी तलै झरे हुन्छ
एकै पटक कमाउने अरु पछि तरे हुन्छ ।

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग १०

आँखा नजिकको काम सफल पार्न गरे हुन्छ
सधैँ कर्म गर्छु भनी अघि सहजै सरे हुन्छ
दर्द हुँदा साथ र सहयोग चाहिन्छ सबैको
आफ्नालाई पर्दा चिन्ता नगरीकन हरे हुन्छ
काम हुन्छ भने सबै मिलि ठाउँमा झरे हुन्छ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली
(हाल दिल्लीबाट)

पञ्चाङ्ग ११


जसलाई जे मन लाग्छ त्यसले त्याे गरे हुन्छ
कमाउन राजनीति हैन विदेश सरे हुन्छ
भाेगटे राेपेर सुन्तला पाइँदैन है कदापि
केही नगरी बस्नु भन्दा केही तलै झरे हुन्छ
गिर्नुकाे मज्जा बेग्लै उठिसकेपछि भरे हुन्छ ।


जीवन भरि साथ दिनेछु विश्वास गरे हुन्छ ।
किन टाढा हुदैछ्यौ प्यारी अलि वर सरे हुन्छ
प्रेमिल चुम्बकीय शक्ति बेजोड भएकोले त
उठ्न सक्ने हिम्मत भए जति तल झरे हुन्छ
फल हाम्रो राम्रो फल्छ आशामा बीउ छरे हुन्छ ।

भवानी घिमिरे, सर्लाही ।

पञ्चाङ्ग १२

भकारी अाफ्नाे अामाकाे रगतले नै भरे अाज
नेतृत्व गर्नेले भ्रष्टाचारकाे बीउ छरे अाज
कहाँ पाउने हाेला खै सच्चा देशभक्त सपूत
हाँसेर प्राण त्याग्नेहरूकाे सपना मरे अाज
निमुखा, निर्दाेषि कानुनकाे फन्दामा परे अाज

रामराजा के. सी.


सम्बन्धित शीर्षकहरु

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र…

मिडिया रिपोर्टका अनुसार, यमनी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहरिएकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा मृत्युदण्ड दिइनेछ। गत…

प्रतिकृयाहरू
...