Thursday 10th September 2026

टहल आचार्यको गजल संग्रह – ४१


राष्ट्र प्रेम देशभक्ति सबै झुकाउने भयौं ,
अब डलरमा ज्यानकै मूल्य चुकाउने भयौं ।

एमसिसी एसएसपी नेपालमा भित्रयाउन ,
कायर भै ईतिहास किर्ती लुकाउने भयौं ।

सार्वभौम स्वतन्त्रता जोगाउने साँध सिमा ,
गौंडागल्फा बारबन्देजहरु फुकाउने भयौं ।

आफ्नै आँगन मझेरी धारो बाटो चौतारीमा ,
बिदेशीका छिर्के मिर्के कुकुर भुकाउने भयौं ।

अमूल्य ती खोलाखोल्सा झरना र छहरामा ,
रगतको भेल बगाई पानी सुकाउने भयौं ।

टहल आचार्य
२०७९/०३/०७


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...