Wednesday 17th June 2026

विकिलिक्सका संस्थापक असान्जलाइ बेलायतले अमेरिका सुपुर्दगी गर्ने


बेलायतको जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई बेलायत सरकारले सुपुर्दगी गर्ने निर्णय गरेको छ । अमेरिकी पक्षबाट सुपुर्दगीका लागि माग गरिएकोमा बेलायत सरकारले त्यसलाई सदर गरिदिएको हो । अष्ट्रेलियन नागरिक असान्जमाथि जासुसीसहित विभिन्न १८ वटा मुद्दा लगाइएका छन् ।

२०१० मा अमेरिकाका अति गोप्य हजारौं गोप्य सूचना सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन् । २०१९ देखि बेलायतको बेल्मार्स जेलमा रहेका असान्जलाई अमेरिकाले सुपुर्दगीका लागि माग गर्दै आएको थियो ।

यस अघि त्यहाँको अदालतले असान्जको मानसिक अवस्था बिग्रिएको र उनको असुरक्षा हुनसक्ने भन्दै उनलाई ‘डिपोर्ट’ गर्न नसकिने फैसला गरेपनि बेलायती गृहमन्त्री प्रिती पटेलले सुपुर्दगी गर्ने आदेशमा हस्ताक्षर गरेकी हुन् । सुपुर्दगी गर्ने आदेश विरूद्ध असान्जले पुनरावेदन गर्न पाउने छन् । त्यसका लागि उनलाइ दुइ हप्ताको समयसिमा रहनेछ तर असान्जले बेलायतकै अदालतमा अपिल गर्नु पर्नेछ । उनको अपिल अस्वीकार भयो भने उनलाई २८ दिनभित्र अमेरिका पठाइने छ ।

यसैबीच असान्जकी पत्नी स्टेलाले सुपुर्दगी गर्ने निर्णयप्रति आपत्ति जनाउँदै यसलाई प्रेस स्वतन्त्रता र बेलायती लोकतन्त्रको लागि ‘अँध्यारो दिन’ भएको प्रतिक्रिया दिएकी छन् । ‘जुलियन असान्जको बाटो लामो र कष्टप्रद छ । आज नै लडाइँको अन्त्य भएको छैन । यो त नयाँ कानुनी लडाइँको सुरुआत मात्रै हो,’ स्टेलाले भनेकी छन् ।

बेलायती उच्च अधिकारीले भने असान्जले अबका दिनमा आफ्ना प्रमाण पेस गर्न पाउने पनि बताएका छन् । विकिलिक्सका संस्थापक तथा संचालक असान्जले २०१० मा अमेरिकाले लुकाइराखेका भिडियोसहितका हजारौं कागजात सार्वजनिक गरिदिएपछि विश्वभर चर्चामा आएका हुन्। उनले समाचार सार्वजनिक गरिदिएको विषयलाई अमेरिकी सैन्य इतिहासकै सबैभन्दा ठूलो गोपनीयता उल्लंघनको रुपमा लिइन्छ ।

यसबीचमा बेलायतले उनलाई अमेरिका पठाउँदा उनको जीवनलाई नै जोखिममा पार्नु भएको भन्दै उनको सुपुर्दगीविरुद्ध प्रदर्शन समेत भएका थिए ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...