Wednesday 21st January 2026

कविता – आत्मतृष्टि -सीता देवी


भावनापूर्ण अभिनव सोच हाम्रो होस,
सम्झनाको मिठो स्मृति संधै रहोस।

सजल नयनमा उदित किरण दिव्य ज्योति,
सरल मनमा चेतनाको भव्य मोती।

सारा सृष्टिमा माधुर्यको छाया,
प्रकृतिको सुन्दर विकासमा माया।

सुर्यको अनुरागमा आनन्दित आत्मा,
शुद्ध प्रेमको निष्ठामा परमात्मा।

आकांक्षा असल बन्छ सन्जीवनी ममतामा,
बास्ना चाहनाको कीर्तिमान हुन्छ स्वच्छतामा।

खुसी मिल्छ एकताको प्रभावमा,
शान्ति हुन्छ उदार चित्तरागमा।

जिन्दगी जिउन मिठो हुन्छ सत्य आशामा
सुस्थिर मुहारमा रम्य हुन्छ असल आत्मतृष्टि ।

सीता देवी, लखिमपुर, आसाम।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...