Wednesday 21st January 2026

षड्ऋतु: मायालु जाेडी



लजालु नजर
मायाकाे कहर
उनी सगं सगै
बाच्ने त्यो रहर
बन्यो नी कसरी
जीवन लहर।

थाहा नै नपाई
बसेका मुटुमा
एक अर्को बिच
बन्दै ती नजिक
भनेकी उनले
सुनेकाे नि मैले।

मायालु ती कुरा
जीवन कै पूरा
एक अर्को कुरि
बाटोमा बस्थे रे
संग संगै बाच्ने
कसम खान्थे रे।

कहिले कसाेमा
नभेटदा खेरि
बेचैन त्यो मन
अधेरै त्यो रङ
हुन्थ्यो रे उनको
हेर्थिन रे जुनकाे।

सुनेका तिनका
मायाका हाे कुरा
एक अर्को मिली
सपना साटेकाे
भएछ है बर्षाै
मिलेर बाचेकाे।

खुसी छन उनी
एकै साथ मिली
घर जम गरि
मायाका सपना
बनेकाे बिपना
भन्दै थीन उनी।

शाेभा अाचार्य गाैतम


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...