Sunday 29th March 2026

षड्ऋतु: मायालु जाेडी



लजालु नजर
मायाकाे कहर
उनी सगं सगै
बाच्ने त्यो रहर
बन्यो नी कसरी
जीवन लहर।

थाहा नै नपाई
बसेका मुटुमा
एक अर्को बिच
बन्दै ती नजिक
भनेकी उनले
सुनेकाे नि मैले।

मायालु ती कुरा
जीवन कै पूरा
एक अर्को कुरि
बाटोमा बस्थे रे
संग संगै बाच्ने
कसम खान्थे रे।

कहिले कसाेमा
नभेटदा खेरि
बेचैन त्यो मन
अधेरै त्यो रङ
हुन्थ्यो रे उनको
हेर्थिन रे जुनकाे।

सुनेका तिनका
मायाका हाे कुरा
एक अर्को मिली
सपना साटेकाे
भएछ है बर्षाै
मिलेर बाचेकाे।

खुसी छन उनी
एकै साथ मिली
घर जम गरि
मायाका सपना
बनेकाे बिपना
भन्दै थीन उनी।

शाेभा अाचार्य गाैतम


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...