Wednesday 21st January 2026

टुक्काकार दीपक ठटाल जलनका केही टुक्का कविताहरू


१.
आमालाई पूजेपछि भगवान पुज्नु पर्दैन
तिनको आशीर्वादबिना कुनै नि आपद् टर्दैन।
२.
आँधी-तुफान, घाम-छायाँ के-के हो याे मन
झेल्दा झेल्दै बितिजाँदो रै’छ हाम्रो योवन ।
३.
जीवन जिउनलाई गर्नुपर्छ थरी-थरीकाे नाटक
सकिएपछि नाटक पस्नुपर्छ सबले त्यही फाटक।
४.
आत्म-बलिदान गरेर भए पनि देशको शान बचाउनु
वैरीले आक्रमण गरे बुद्धि र शौर्यले ताण्डव मचाउनु।
५.
यति बुझ्नुपर्छ हामीले कि पशुको पनि त छ बाँच्ने अधिकार
उनीहरू माथि भए अत्याचार सचेत बनी गरौँ प्रतिकार।

✍️ दीपक ठटाल जलन
खरसाङ


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...