Saturday 7th March 2026

टुक्काकार दीपक ठटाल जलनका केही टुक्का कविताहरू


१.
आमालाई पूजेपछि भगवान पुज्नु पर्दैन
तिनको आशीर्वादबिना कुनै नि आपद् टर्दैन।
२.
आँधी-तुफान, घाम-छायाँ के-के हो याे मन
झेल्दा झेल्दै बितिजाँदो रै’छ हाम्रो योवन ।
३.
जीवन जिउनलाई गर्नुपर्छ थरी-थरीकाे नाटक
सकिएपछि नाटक पस्नुपर्छ सबले त्यही फाटक।
४.
आत्म-बलिदान गरेर भए पनि देशको शान बचाउनु
वैरीले आक्रमण गरे बुद्धि र शौर्यले ताण्डव मचाउनु।
५.
यति बुझ्नुपर्छ हामीले कि पशुको पनि त छ बाँच्ने अधिकार
उनीहरू माथि भए अत्याचार सचेत बनी गरौँ प्रतिकार।

✍️ दीपक ठटाल जलन
खरसाङ


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...