Thursday 12th March 2026

मणिपुरमा मेनिफेसटको आरंभ


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा बढ्दो गाँजा खेतीको प्रभावलाई रोक्नको लागि सरकारले नया पहल शुरू गरेको छ ।

राज्यको बागवानी विभाग द्वारा आयोजित एउटा समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरमा बढ्दो गाँजाको खेतीलाई रोक्नको लागि हामीले मेनिफेसट नामक एउटा नया बिरूवावाको आरंभ गरेको छ ।

उनले अगाडि थपे कि मणिपुरको पहाडी जिल्लाहरूमा यसको रोपाइले गर्दा आम्दानीको नया स्रोत शुरू हुनेछ । जसले गर्दा गाँजाको विकल्पको रूपमा रहेको छ ।
मुख्यमन्त्रीले यसै अवसरमा बारहवटा विरूवा बोकेका ट्रकहरूले पनि झण्डा देखाएर प्रस्थान गरे ।
यसै अवसरमा राज्यका विभिन्न सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...