Tuesday 13th October 2026

झापाली समाज कुवेतको चाैथो अधिवेशन यहि जुन १७ तारिक सम्पन्न हुने


कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो १७ जुन शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा, चौथो अधिवेशन कार्यक्रम गर्ने भएको छ ।

“हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले ०६ मार्च २०२० का दिन गर्न लागिएको चौथो अधिवेशन विश्व भरि फैलिएको कोरोना भाईरसका कारण स्थगित गरेको गरिएको पुन समाजलाई निरंन्तता दिदै गत मेई १३ तारिक शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित पार्कमा समाजका अध्यक्ष लोमस वास्तोलाको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो, भन्दै महासचिव गोबिन्द प्रसाद तिम्सीनाले तीतोपाटी डट कमलाइ जानकारि दिए ।

गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि आउदो १७ जुन बाट नयाँ कार्यसमिति पाउने भएकोछ ।

उक्त अधिबेशनलाई भव्य र सभ्य सफल बनाउन कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

समय : दिनको ठिक ०१ बजे !
मिति : १७ जुन, २०२२ शुक्रबार !
स्थान : द्वाही प्यालेस रेष्टुरेन्ट, फर्वानिया !
सम्पर्क फोन न :- 66036124, 66976730


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...