Wednesday 21st January 2026

टहल आचार्यको गजल संग्रह – ३९


दिक्क छन् बुढापाका बाउ ठुलाउ काकाहरु ,
जो हेरेनी उस्तै भन्छन् देशै लुट्ने डाकाहरु ।

लोकतान्त्रीक गणतन्त्र बहुदलीय भर्याङ चढी ,
खाली खुट्टै सडकबाट महलमा गाकाहरु ।

सात पुस्ता सम्मलाई पुग्ने गरि कमाउन ,
पालो फेरो गरि गरि मान्य मज्त्री भाकाहरु ।

अरिङ्गाल बच्छिउँबाट जसो तसो जोगाएको ,
मलसाँप्रो भै भत्काउने माहुरीका चाकाहरु ।

देखाईमा केही छैन बोलीभित्र आदर्शता ,
लेखाईको सिद्धान्तले सन्सार नै खाकाहरु ।

टहल आचार्य
२०७९/०२/२५


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...