Sunday 1st November 2026

वेश्यावृत्ति संचालन गर्ने अपार्टमेन्टहरूमा छापा, आवास कानुन उल्लंङ्घनकर्ताहरू पक्राउ


कुवेतमा वेश्यावृत्तिमा संलग्न रहेका व्यक्तिहरूको शंकास्पद अपार्टमेन्टमा छापा मारिएको छ । छापा मार्दा रंगेहात पक्राउ परेका पुरूष तथा महिलाहरूलाइ कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको समाचार अरब टाइम्समा प्रकाशित भएको छ ।

समाचारमा बताइए अनुसार गृह मन्त्रालयले अरब, एसियाली र अफ्रिकी राष्ट्रियताका वेश्यावृत्तिमा संलग्न पुरुष र महिलाहरूलाइ पक्राउ गर्नुका साथै उनीहरूका साथबाट यौन उत्तेजना बढाउने अाैषधीहरू, यौन उपकरणहरू समेत बरामद गरेको छ ।

वेश्यावृत्तिको लागि प्रयोग गरिएको संदिग्ध अपार्टमेन्टहरूमा छापा मार्दा आवास कानुन उल्लङ्घन गर्नेहरू र भिसा म्याद सकिएको मानिसहरू समेत पक्राउ परेका छन् । उनीहरुलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायमा पठाइएको छ ।

त्यस्तै जहारा गभर्नरेट अन्तर्गत विभिन्न देशका आवास उल्लङ्घन गर्ने २ जना फरार, भिसा म्याद नाघेका ३ जना र परिचयपत्र बिना नै ३ जना पक्राउ परेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...