Thursday 30th June 2022

मणिपुरमा शुरू भयो हाइवे पेट्रोलको काम


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको राजमार्ग NH -2 मा भएको विभिन्न प्रकारको अपराधहरूको रोकथामको लागि सरकारले हाइवे पेट्रोल जीपीएस सिस्टम शुरू गरेको छ ।
प्राप्त समाचार अनुसार आज इम्फाल आयोजित सानो समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले झंडोत्तोलन गरेर शुरु गरेका छन ।

सानो समारोहमा बोल्दै बिरेनले भने कि गतः महिना माओ र काङलातोङबी बीच जीपीएस वाहन सेवा शुरू गरेको थियो ।त्यसको सफल परीक्षण पछाडि आज फेरि मोरे र तेङनौपाल बीच यो सेवा शुरू गरिएको हो ।

उनले अगाडि भने कि यसको पनि सफल परिणाम पछाडि राज्यका सबै जिल्लामा यो सेवा शुरु गरिने छ ।
उनले अगाडि थपे कि यस महत कार्यमा सबैले पुलिस कमान्डो पेट्रोल टिमलाई सहयोग गर्नुपर्ने छ ।
स्मरण रहोस् राज्यका मुख्यमन्त्री बिरेनले गतः महिना नै यो सेवाको शुरूआत गरेका हुन ।जसका सकारात्मक परिणामहरू देखा परेका छन ।सरकारले यो पहलले अवश्य पनि राहत पुर्याउने छ ।

कोहिमा नागालैंड भारत ।।


Loading...
सम्बन्धित शीर्षकहरु

लुलु समुहका बजार तथा संचार निर्देशक वि. नन्दकुमार यस क्षेत्रको उत्कृष्ट अवार्ड "रिटेल मार्कम ICON'22" बाट सम्मानित भएका छन् ।…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/ ०३/०१४…

ताजा र तार्किक जुनेलीहरू (१) गरेर ध्यान बढ्दैछ ज्ञान। (२) गरेरै काम कमाउँ नाम। (३) सबै भो पूरा जुनेली कुरा।…

प्रतिकृयाहरू