Sunday 18th October 2026

काठमाडाैंको फोहोर व्यवस्थापनमा कराेडाैं खर्च होइन, उल्टो कमाउन सकिन्छ


अम्बरिश पोख्रेल – काठमान्डौको फोहोर व्यवस्थापनमा वार्षिक करोडौं खर्च गर्ने होइन, उल्टो कमाइ गर्न सकिन्छ ।

१. ग्लोबल टेन्डर हालेर सिंगो काठमाण्डौ उपत्यकाको फोहोर दैनिक रूपमा (नियमित रूपमा वर्गीकृत गरी) उठाइ, त्यसको आधुनिक ब्यबस्थापन गरी, कसले कति करोड हामीलाई दिन सक्ने हो, एक हप्ता, दुई हप्ता वा एक महिना भित्र टेन्डर हाल्नु भने पछि विदेशी कम्पनीहरु स्वतः आउँछन् ।

२. अझ, पुन: प्रयोग गर्न मिल्ने वस्तुहरू जस्तै: प्लास्टिक, धातु वा सिसाको छुट्टै मूल्य वा अझ बढी पैसामा बेच्न सकिन्छ त्यो कम्पनीलाई नै अर्थात् यसको छुट्टै मूल्यमा बेच्न सकिन्छ ।

३. बत्तीस वर्षीय मिस्टर बालेन शाहले पाँच वर्ष भित्रमा त्यो गर्लान् वा नगर्लान् ? यो कुरा अझै अनिश्चित देखिएको छ किन होला ?

४. अर्को कुरा मासिक २५० रुपैयाँ जति प्रत्येक घरले अहिले पनि पैसा तिरिरहेका छन् जुन धेरै महंगो हो । सिसडोल वा बन्चरे डाँडा तिर लगेर फोहर थुप्रो लगाउन त्यो पैमाना पैसा चाहिँदैन, जबकि वार्डहरुले समेत (प्रत्येक वार्डमा) फोहोरको लागि पैसा खर्च भएको भनेर महानगरको अस्तिको अनलाइन मिटिङमा बोलेका थिए, जुन लगभग बकबास हो अर्थात् यो त फोहरको नाममा वार्षिक करोडौं लुट पो भएको रहेछ ।

५. यसले (४ बुँदा) के संकेत गर्छ भने, नेपथ्यमा बसेर ग्लोबल टेन्डर आह्वान (१ बुँदा) गर्न दिँदैनन् होला बालेँन शाहलाई भन्ने शंका गर्ने ठाउँ छ ।

अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...