Sunday 1st November 2026

काठमाडाैंको फोहोर व्यवस्थापनमा कराेडाैं खर्च होइन, उल्टो कमाउन सकिन्छ


अम्बरिश पोख्रेल – काठमान्डौको फोहोर व्यवस्थापनमा वार्षिक करोडौं खर्च गर्ने होइन, उल्टो कमाइ गर्न सकिन्छ ।

१. ग्लोबल टेन्डर हालेर सिंगो काठमाण्डौ उपत्यकाको फोहोर दैनिक रूपमा (नियमित रूपमा वर्गीकृत गरी) उठाइ, त्यसको आधुनिक ब्यबस्थापन गरी, कसले कति करोड हामीलाई दिन सक्ने हो, एक हप्ता, दुई हप्ता वा एक महिना भित्र टेन्डर हाल्नु भने पछि विदेशी कम्पनीहरु स्वतः आउँछन् ।

२. अझ, पुन: प्रयोग गर्न मिल्ने वस्तुहरू जस्तै: प्लास्टिक, धातु वा सिसाको छुट्टै मूल्य वा अझ बढी पैसामा बेच्न सकिन्छ त्यो कम्पनीलाई नै अर्थात् यसको छुट्टै मूल्यमा बेच्न सकिन्छ ।

३. बत्तीस वर्षीय मिस्टर बालेन शाहले पाँच वर्ष भित्रमा त्यो गर्लान् वा नगर्लान् ? यो कुरा अझै अनिश्चित देखिएको छ किन होला ?

४. अर्को कुरा मासिक २५० रुपैयाँ जति प्रत्येक घरले अहिले पनि पैसा तिरिरहेका छन् जुन धेरै महंगो हो । सिसडोल वा बन्चरे डाँडा तिर लगेर फोहर थुप्रो लगाउन त्यो पैमाना पैसा चाहिँदैन, जबकि वार्डहरुले समेत (प्रत्येक वार्डमा) फोहोरको लागि पैसा खर्च भएको भनेर महानगरको अस्तिको अनलाइन मिटिङमा बोलेका थिए, जुन लगभग बकबास हो अर्थात् यो त फोहरको नाममा वार्षिक करोडौं लुट पो भएको रहेछ ।

५. यसले (४ बुँदा) के संकेत गर्छ भने, नेपथ्यमा बसेर ग्लोबल टेन्डर आह्वान (१ बुँदा) गर्न दिँदैनन् होला बालेँन शाहलाई भन्ने शंका गर्ने ठाउँ छ ।

अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, ३१ अक्टोबर। हिन्दू धर्मावलम्बीका धार्मिक मान्यता र भारतीय चिकित्सकबारे अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि इजरायली–अमेरिकी यहुदी धर्मगुरु योसी…

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

प्रतिकृयाहरू
...