डा. हरिमोहन पोखरेल, कोहिमा / संसारभरि नै मनाए सरह आज मणिपुरमा पनि विश्व पर्यावरण दिवस मनाएको छ ।
प्राप्त समाचार अनुसार राज्यका होइरांगैथोङमा संपन्न भएको सो कार्यक्रममा राज्यका मुख्यमन्त्री एन बिरेनले सहभागिता लिए ।
मुख्य अतिथिको रूपमा बोल्दै बिरेनले भने कि विश्वको पर्यावरणमा आज धेरै बदलाव आएको कारण नै हामीले विविध प्रकारका प्राकृतिक प्रकोपको सामना गर्नु परिरहेको छ ।त्यसैले हामीले वृक्षारोपणको प्रक्रियालाई कायम राख्नुपर्ने हुन्छ ।
उनले अगाडि भने कि राज्यमा सिवेज टेस्टिंग प्लान्ट बनाइनेछ जसले गर्दा फोहोर मेलाको परीक्षण गरेर मानवोपयोगी बनाउन सकिने छ ।
यसै अवसरमा राज्यका मुख्यमन्त्रीले वृक्षारोपणको आरंभ गर्दै राज्यभरिरमा पंद्रह हजार लगाउने घोषणा गरे साथै पर्यावरण बचाउने अभियानको पोस्टरको लोकार्पण गर्नुको साथै एउटा बाइक रैलीको शुरूवात गरे ।
—
कोहिमा नागालैंड भारत ।।