Thursday 12th March 2026

मणिपुरले मनायो विश्व पर्यावरण दिवस


डा. हरिमोहन पोखरेल, कोहिमा / संसारभरि नै मनाए सरह आज मणिपुरमा पनि विश्व पर्यावरण दिवस मनाएको छ ।

प्राप्त समाचार अनुसार राज्यका होइरांगैथोङमा संपन्न भएको सो कार्यक्रममा राज्यका मुख्यमन्त्री एन बिरेनले सहभागिता लिए ।
मुख्य अतिथिको रूपमा बोल्दै बिरेनले भने कि विश्वको पर्यावरणमा आज धेरै बदलाव आएको कारण नै हामीले विविध प्रकारका प्राकृतिक प्रकोपको सामना गर्नु परिरहेको छ ।त्यसैले हामीले वृक्षारोपणको प्रक्रियालाई कायम राख्नुपर्ने हुन्छ ।

उनले अगाडि भने कि राज्यमा सिवेज टेस्टिंग प्लान्ट बनाइनेछ जसले गर्दा फोहोर मेलाको परीक्षण गरेर मानवोपयोगी बनाउन सकिने छ ।
यसै अवसरमा राज्यका मुख्यमन्त्रीले वृक्षारोपणको आरंभ गर्दै राज्यभरिरमा पंद्रह हजार लगाउने घोषणा गरे साथै पर्यावरण बचाउने अभियानको पोस्टरको लोकार्पण गर्नुको साथै एउटा बाइक रैलीको शुरूवात गरे ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...