Monday 13th May 2024

स्रष्टा परिचयको साथमा एक रचना, भाग – २५


स्रष्टा परिचय
नाम : अर्जुन राज पन्त
जन्म मिति:२०३६साल भाद्र २१
जन्म स्थल: तत्कालीन मुलपानी गाउँ पन्चायत,हाल बाग्लुङ न.पा ७ बाग्लुङ
बुवा:स्व. ओम राज पन्त
आमा:टिका कुमारी पन्त
हाल बसोवासः फोर्ट ओर्थ टेक्सास अमेरीका
सेवा : प्रहरी सेवा (सशस्त्र प्रहरी निरीक्षक )
शिक्षा: स्नातकोत्तर
पहिलाे कविता :’समाज सेवा'(कक्षा १० पढ्दा)
पहिलाे निबन्ध: मार्शि पुराण
बिधा: ब्यङ्ग्य कथा ,कविता, निबन्ध ,गित
प्रकाशित कृति: कोईली; ब्यङ्ग्यकाब्य (नेपाली साहित्काे पहिलो ब्यङ्ग्यकाब्य )

बिभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्र पत्रिकामा प्राय जसो सबै राजनीतिक ,सामाजिक र सांस्कृतिक बिकृती उपर ब्यङ्ग्य कविता र निबन्ध

साहित्य सम्बद्धता : हालसम्म कुनै पनि साहित्यिक संस्थाकाे सदस्य पनि नरहेकाे र बन्न पनि नचाहेको
साहित्यिक सहभागीता :निम्त्याएका भेटेका भ्याएका सबै साहित्यिक संघ संस्था

रचना
कविता :जन्तु मार्ने भिसा

प्राणी मराइ विदेशीलाई पैसा तिम्ले पायौ
मान्छे बेचि नपुगेर प्राणी बेचि खायौ !

निर्दोषी त्यो सोझो भेडो जंगलमा बस्छ
न त तिम्लाई मारि खान्छ न त कतै डस्छ !

न त खा छ तिम्रो बाली न त तिम्रो अन्न
के कुराले पार्यो तिम्लाई जाओ मार भन्न?

यो सृस्टीको कुन बिधानले मिल्छ यस्तो गर्न ?
सोझा प्राणी मराएर आफ्नो खल्ती भर्न !

भोकै भयौ खानै पाएनौ बरु तिम्ले भने
तिम्ले आफै मारि खाउ नलेउ यस्ता धने !

प्रकृतिको चक्र भित्र त्यहि ठाउँका पात्र
मारामारको खेल चल्छ उनै बीच मात्र !

एउटा मारि खान्छ कोही अर्को त्यहि मार्छ
बरावरी कृया चल्छ न असर नै पार्छ

भान्छौ अरे धेरै छन् मारे हुन्छ केही
कस्तो होला तिम्लाई पनि भने शब्द यही ?

धेरै छौ त तिमी पनि चाहिने भन्दा आज
एउटा पदमा दुइटा बस्छौ नमानेर लाज !

तिम्रा पनि छन् त सन्तान धेरै एउटा भन्दा
कस्तो होला तिन्लाई पनि नम्बर लगाई गन्दा !

यसै गरि तिम्रा घरमा आए काल लिन
सक्छौ तिमी धेरैबाट एउटा छानि दिन ?

उपचारमा जान परे तिम्लाई भिसा दिन्न
जन्तु मार्ने भिसा दिन्छौ मन नि हुन्न खिन्न !
(यो कवितांश नेपाली साहित्यको पहिलो
ब्यङ्ग्यकाव्य’ कोइली’ को तृतीय सर्ग बाट झिकिएको हो )


सम्बन्धित शीर्षकहरु

उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त…

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले…

एजेन्सि-रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।…

प्रतिकृयाहरू
...