Sunday 29th March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०४ औं स्वतन्त्र काव्य श्रृङ्खला सम्पन्न


काठमाडाैं – चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०४ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७९ साल जेष्ठ १८ गते सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा,बम बहादुर थापाकाे प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार कलानिधि दाहाल,गंगा लिगल,दुर्गा भमरकाेटे,ललिता दाेषि,खगेन्द्र बस्याल,लक्ष्मी प्रसाद मिश्र,गुप्त बहादुर गिरिराज डल्लाकाेटीकाे विशिष्ठ अातिथ्यता अनि सुधा बास्काेटा ढकालकाे कुशल उद्घघाेषणमा भएको काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमश.चुडा निर्भिक उत्तम भेटवाल,उर्मिला पन्त,सीता घिमिरे,टेक बहादुर लाैडारी,बीर वहादुर लाेहनी,गंगा अभिलाषी,जानुका थापा रायमाझी,दुर्गा रिमाल अधिकारी,द्वारिका कुईंकेल,चन्द्रावति अधिकारी,बिनु बाबा घिमिरे,सरस्वति श्रेष्ठ,सूर्य कुमार पण्डित र सुधा बास्काेटा लगायत २४ जना सर्जकहरुले अा-अाफ्ना कविता,खाेरिया,सुसेलीकाेपिलापन्चाङ्ग,गजल,वाचन गर्नु भयाे ।

प्रमुख अतिथि थापाले नया स्वादका छाेटा विधा लाेक छन्द प्रस्तुत भए यसले कार्यक्रममा राेचकता प्रदान गर्याे भन्नु हुँदै वाचित रचनाकाे टिप्पणी सहित अाफ्नाे रचना सुनाउनु भयाे ।चन्द्रागिरिकाे नियमित कार्यक्रमकाे मुक्त कण्ठले प्रशंसा गर्नु भयाे । विशिष्ठ अतिथि कलानिधि दाहालले नया विधाले कतै कविता लाेप हुने त हाेईन ? भन्ने अाश्चर्य शंका व्यक्त गर्नु भयाे जे हाेस चसाप्रनेकाे निरन्तरता मात्र नभई कार्यक्रमकाे अाकर्षण पनि छ भन्ने कुरा नयाँ नयाँ स्रष्टा जाेडिनुले वताउँछ भन्नु हुँदै रचना सुनाउनु भयाे ।

अन्तमा जनार्दन अधिकारी धड्कनले १०४ श्रृङ्खला सम्म निरन्तर यहाँहरुकाे माया,र अमूल्य समयकाे याेगदान भएकाेले कार्यक्रम उत्साह जनक रुपमा अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएकाे हाे ।अहिले खाेरिया,सुसेली लगायत विधाहरु पनि ज्यादै लाेक प्रिय हुँदै अाईरहेका छन् ।एउटा सफल साहित्यकार हुँ भन्न कुनै एक विधाले मात्र हुँदैन सबैमा कलम चलाउनु पर्छ तर कुनै एकमा विशिष्टता हुन जरुरी छ भन्नु हुँदै प्रमुख अतिथि ज्यू,र सहभागी सम्पूर्ण स्रष्टाहरू,संरक्षक ज्यू,कार्यक्रम संयाेजक ज्यू लगायत सम्पूर्ण उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु हुँदै खाेरियाकाे सैदान्तिक अवधारणा प्रष्ट्याउँदै खाेरिया वाचन अनि गजल वाचन गरि कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...