Tuesday 13th October 2026

इन्द्र बोन्तावा देवाको रचना “आश लाग्न थाल्यो”


अविच्छिन्न यात्रा, थकित कदमहरु
अदम्य साहस पनि धर्मराउन थाल्यो
दुर्गम ढुङ्गे बाटो, घुम्ती उकालीहरु
अटल बिश्वास पनि चर्मराउन थाल्यो ।

सुगन्धित मनमोहक अस्पृश्य पुष्पहरू
पाउने अभिलाषा ओइलाउन थाल्यो
खोलानालाको पुलहरु, उकालीका चौतारीहरु
कल्पनाका महलहरु सवै भत्कन थाल्यो ।

झरनाबाट अविरल तल बज्रिने पानी जस्तै
यो जिन्दगीको अस्तित्व पनि खस्किन थाल्यो
ग्रीष्म कालमा सुकिजाने हरियाली पनि
वसन्तमा पालुवाको आश लाग्न थाल्यो ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...