Thursday 10th September 2026

प्रशिक्षक धावक श्रेष्ठले भेटे खेलकुद मन्त्री


कुवेतमा अमेरिकी युनिभर्सिटीका म्यारथुन प्रशिक्षक समेत रहेका धाबक नारायण श्रेष्ठले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसंग मेई ३० तारिक सोमबार भेट गरेका छन् ।

सिंहदरबारस्थित खेलकुद मन्त्री गहतराजको कार्यकक्षमा भएको भेटका क्रममा श्रेष्ठले विदेशमा रहेर पनि खेल क्षेत्रमा लागि रहेको, यसै बिचमा आफूले खेलकुद क्षेत्रमा पाएको उपलब्धि र म्याराथुन खेलका सम्भाबना बारेमा जानकारी गराए ।

श्रेष्ठले कुवेतमा सन् २०१८, २०१९ र २०२२ मा भएको अमेरिका युनिभर्सिटी म्याराथनमा स्वर्ण पदक जितेका थिए ।

उक्त म्याराथनसहित अन्य म्याराथनमा गरि करिब दर्जन भन्दा बढी स्वर्ण पदक जितेको धावक श्रेष्ठले तीतोपाटीलाई जानकारी गराए ।

त्यस अवसरमा मन्त्री गहतराजले खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएकोमा धन्यवाद दिदै उपलब्धिका लागि बधाइ दिएको श्रेष्ठले बताए ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...