Thursday 22nd January 2026

षड्ऋतुः आशा -शोभा आचार्य गौतम


षडऋतु


समयको चक्र
फेरि उहीँ बर्षा
नकुनै ब्यबस्था
नकुनै छ संस्था
बचावट गर्ने
पिडितको हेर्ने ।

भोट नी दिईयो
नेताको चुनियो
देशको स्थिति
हल होस अब
बाढी र पीडित
नबढोस अब।

महङ्गी बढेर
गरिबी जनता
थिच्योनी ल हेर
उत्पादन शक्ति
बढाउ स्वदेश
बनाउ निर्भर।

नयाँ छ जागर
केही गर्ने जोस
बढेछ उत्साह
गर्लान कि केही
नयाँ यो जमात
सबको आशा छ।

बिचार सुदृढ
देशको लागि नै
सपना धेरै छ
निडर बोलि छ
गरि देखाउने
मनमा आट छ।

सन्दर्भ नयाँ को
जितेका ब्यक्ति को
जनता बुझ्ने को
समस्या बुझेरै
लागि अगी सरि
बिकास गर्ने को।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...