Saturday 7th March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०३ औं स्वतन्त्र काव्य श्रृङ्खला भव्य रूपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०३ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७९ साल जेष्ठ ११ गते सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकाेटेकाे प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार डा बम बहादुर थापा, कलानिधि दाहाल,गंगा लिगल,खगेन्द्र बस्याल,लक्ष्मी प्रसाद मिश्र,गुप्त बहादुर श्रेष्ठकाे विशिष्ठ अातिथ्यता अनि सुधा बास्काेटा ढकालकाे कुशल उद्घघाेषणमा भएको काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमश.उत्तम भेटवाल,उर्मिला पन्त,सीता घिमिरे,टेक बहादुर लाैडारी,बीर वहादुर लाेहनी,गंगा अभिलाषी,जानुका थापा,दुर्गा रिमाल अधिकारी,द्वारिका कुईंकेल,चन्द्रावति अधिकारी,राधिका कल्पित र सुधा बास्काेटा लगायत २० जना सर्जकहरुले अा-अाफ्ना कविता,खाेरिया सुसेली वाचन गर्नु भयाे ।

प्रमुख अतिथि भमरकाेटेले स्वदेश बुझ्न १महिना मात्र भए नि विदेश जानु पर्छ अनि मात्र देश कस्ताे बुझिन्छ भन्नु हुँदै चन्द्रागिरि सँग मेराे नाता लामाे छ साहित्यलाई दिने याेगदान बम बहादुर,कलानिधि र जनार्दन धड्कनले जस्तै साहित्यमा याेगदान दिन सके कस्ताे हुन्थ्याे भन्ने लागेर हातमा हात मिलाएर हिँडिरहेकाे छु भन्नु हुँदै वाचित रचनाकाे टिप्पणी सहित अाफ्नाे रचना सुनाउनु भयाे ।

बरिष्ठ साहित्यकार डा,बम बहादुर थापाले चन्द्रागिरिकाे नियमित कार्यक्रमकाे मुक्त कण्ठले प्रशंसा गर्नु हुँदै १०३ श्रृङ्खला सम्म अाई पुग्दा धेरै साहित्यकार,सर्जकहरुलाई अबसर सिर्जना गरेकाे छ भन्नु हुँदै रचना सुनाउनु भयाे ।

अर्का विशिष्ठ अतिथि कलानिधि दाहालले निरन्तरता मात्र नभई अाकर्षण पनि हुनु पर्छ चन्द्रागिरिमा नया स्रष्टा जाेडिनु अाकर्षण पनि छ भन्ने लाग्छ भन्नु हुँदै रचना सुनाउनु भयाे ।

अन्तमा जनार्दन अधिकारी धड्कनले १०३ श्रृङ्खला सम्म निरन्तर यहाँहरुकाे माया,र समयकाे याेगदान भएकाेले कार्यक्रम उत्साह जनक रुपमा अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएकाे हाे ।अहिले खाेरिया र सुसेली भजनकाे लयमा भागवत सप्ताहमा पनि गाएकाे सुन्न पाउँदा खुशी लागेकाे छ भन्नु हुँदै अाजका प्रमुख अतिथि ज्यू,र जाेडिनु हुने सम्पूर्ण स्रष्टाहरू,संरक्षक, कार्यक्रम संयाेजक सुधा बास्काेटा ढकाल लगायत सम्पूर्ण उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु हुँदै खाेरियाकाे सैदान्तिक अवधारणा प्रष्ट्याउँदै खाेरिया वाचन अनि गजल वाचन गरि कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...